images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङमा ६ मेगावाटका दुई जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ्याङ्दी हाइड्रो पावर लिमिटेडले १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने लागेको हो ।

कम्पनीको आठौं वार्षिक साधारण्सभाबाट निर्णय भए बमोजिमको ४० प्रतिशत हकप्रद सेयर सम्बन्धि निर्णय रद्द गरी चुक्ता पूँजीको १ सय प्रतिशत सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँको १ सय प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागिएको हो ।

कम्पनीले हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्न बैशाख ८ गते साधारणसभा बोलाएको छ । सभाले पारित गरेपछि हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ ।

कम्पनीको ६ मेगावाटको २ जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिरहेका छन् । ४ मेगावाटको माथिल्लो छ्याङदीले गत मंसिर २४ गतेदेखि व्यापारीक उत्पादन सुरु गरेको हो । २ मेगावाटको छ्याङदी खोला सानाले लामो समयदेखि विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit