images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीलाई करिब ३३ लाख कित्ता सेयर निष्कासन अनुमति दिएको छ । बोर्डले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन अनुमति दिएको हो । 

सय रुपैयाँमा अंकित ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख ७ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन अनुमति पाएको कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

निष्कासन हुने सेयरमध्ये १३ करोड ५० लाख रुपैयाँ बरात्रबरको १३ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ । बाँकी १९ लाख ५७ हजार ५ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ । दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरीनेछ ।

कम्पनीकाे सोलुखुम्बुमा २३.५ मेगावाटको सोलु खोला सञ्चालनमा छ । आयोजनाको काम २०७६ मा पूरा भएर पनि १३२ केभी सोलु कोरिडोर तयार नहुँदा ३३ केभी लाइन मार्फत वैकल्पिक रुपमा राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थिय ।  अहिले लाइन निर्माण पूरा भएपछि आयोजना पूर्ण क्षमतामा सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit