images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले हरेक घरधुरीलाई मासिक २ सय युनिटसम्म निशुल्क विद्युत उपलब्ध गराउने घोषणा गरेको छ । पार्टीले जारी गरेको ‘पालिका चुनाव घोषणापत्र’मा यस्तो लेखिएको हो ।

मंगलबार (आज) काठमाडौंको राष्ट्रिय सभागृहमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गर्दै निशुल्क बिजुली उपलब्ध गराउने घोषणा गरेका छन् । यसका लागि संघीय र प्रदेश तहका सरकारसँग आवश्यक समन्वय गर्ने घोषणपत्रमा उल्लेख छ । यस्तै, विद्युत सेवा नपुगेको हरेक घरमा आधारभुत विद्युत सेवा पुर्याउने पनि घोषणापत्रमा उल्लेख छ ।

नेपाल विद्युत प्राधिकरणले आगामी २ वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । अहिलेसम्म प्रदेश–२ मा मात्रै पूर्ण विद्युतीकरण भएको छ । बाँकी ६ वटा प्रदेशमा विद्युतीकरण हुन अझै बाँकी छ । बागमति प्रदेशमा पनि करिब ९५ प्रतिशत  विद्युतीकरण भएको छ । कर्णाली, सुदुरपश्चिम, गण्डकी, लुम्बिनीमा पूर्ण विद्युतीकरणका लागि तिव्र रुपमा अघि बढेको छ ।

साथै, हावापछि पानी नै जीवन हो भन्ने तथ्यलाई मनन गरी खानेखानी नपुगेको स्थानमा खानेपानी सुविधा अनिवार्य रुपमा पुर्याउने र सुविधा पुगेको स्थानका हरेक घरपरिवारलाई मासिक ५ हजार लिटर पानी निशुल्क उपलब्ध गराउने उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit