विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानी प्रवद्र्धन तथा व्यापार साझेदारी गर्ने उद्देश्यले लगानी बोर्ड र नबिल बैंक लिमिटेडबीच द्विपक्षीय समझदारी भएको छ । बुधबार (जेठ ४ गते) भएको समझदारीमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले हस्ताक्षर गरेका छन् ।

समझदारीपत्रमा विशेतः वैदेशिक लगानी च्यानलिङ र दिगो वित्तीय अवसरहरूमा सहकार्य गर्ने उल्लेख छ । बोर्डले लगानीकर्ताका लागि नेपालमा सम्भावित परियोजनाहरूको विषयमा जानकारी प्रदान गर्ने, लगानी प्रवद्र्धन सम्बन्धी कार्यक्रमहरू आयोजना गर्ने र विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आकर्षण गर्ने पनि उल्लेख छ ।

हस्ताक्षर कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले यस समझदारीले बैंक र बोर्डबीच रणनीतिक सम्बन्धको प्रवद्र्धन गर्नुका साथै लगानीकर्ताका लागि आवश्यक सहजीकरण गर्न सकिने बताए । नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवद्र्धनका लागि बैंकले बोर्डस“ग साझेदारी गरी लगानीकर्तालाई वित्तिय सल्लाहकार सेवा प्रदान गर्नेछ ।

कार्यक्रममा बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले आगामी दिनमा वातावरणीय र सामाजिक पक्षलाई ध्यानमा राखेर आयोजना विकास र कार्यान्वयन गर्नुपर्ने बताए । साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले यस समझदारीले वैदेशिक लगानी भित्र्याउन नयाँ अवसर सिर्जना गरेको बताए ।

बैंकले पूर्वाधार विकासमा विगत ३७ बर्ष देखि नै योगदान गर्दै आईरहेको छ । यसै क्रममा पुर्वाधार विकासमा लगानी बोर्डको कार्यालयले विगत १० बर्ष देखी नै निकै सहभागिता र सक्रियता देखाउँदै आएको छ जसलाई नेपाल सरकारले पनि अवसरको रूपमा प्रवद्र्धन गर्दै आइरहेको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समायनुकूल सेवा प्रदान गर्दै आएको यस बैंकको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेको बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit