विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ २, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चोकमा २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको शिवश्री हाइड्रो पावर लिमिटेडले विद्युत बिक्रीबाट करिब २७ करोड आम्दानी गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष (आव) २०७९/८० को तेस्रो त्रैमासम्ममा सो आदानी गरेको हो । 

९ महिनाको अवधिमा कम्पनीले जलविद्युत केन्द्रको विद्युत बिक्री गरी २६ करोड ८० लाख ४२ हजार १ सय रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ । गत वर्षको तुलनमा विद्युत बिक्रीबाट हुने आम्दानी बढेको देखिएको छ । कम्पनीले गत वर्ष यही समयअवधिमा १७ करोड ९२ लाख २३ हजार ४ सय रुपैयाँ आम्दानी गरेको थियो । 

कम्पनीको उत्पादन आम्दानी बढेपनि खुद नाफा भने घटेको सार्वजनिका वित्तीय विवरणमा उल्लेख छ । गत वर्ष २८ करोड ९० लाख ४९ हजार ३ सय रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले यो आवधिमा २३ करोड ७९ लाख ३३ हजार ५ सय रुपैयाँ मात्र नाफा कमाएको छ । 

सिन्धुपाल्चोकमा निर्माण सम्पन्न २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनाले २०७८ जेठ १ गतेदखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit