विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले समयमा काम नगर्ने कम्पनीहरूसँग ठेक्का सम्झौता रद्द गर्ने भएको छ । ठेक्का सम्झौता गरेका निर्माणकर्ताले पटक–पटक लिखित तथा मौखिक जानकारी गराउँदा पनि निर्माण कार्य नगरेको र सन्तोषजनक कार्य नभएको भन्दै ठेक्का रद्द गर्न लागेको हो ।

३ आयोजनामा काम गर्ने जनमुखी कन्स्ट्रक्सन बागमती कक्रिंट जेभी र एक आयोजनामा काम गरिरहेको युनियन कन्स्ट्रक्सन प्राइभेट लिमिटेडसँग ठेक्का रद्द गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरण तथा सामुदायिक विद्युत प्राधिकरण विभागसँग ठेक्का सम्झौता गरेका यी निर्माणकर्तालाई पटक–पटक ताकेता गर्दा पनि तोकिएको अवधिमा कार्य सम्पन्न नभएको र सम्पर्कमा नआएकाे भन्दै सम्झौता रद्द गर्ने तयारी गरिएको छ । तोकेको अवधिभित्र कार्य पूरा नगरेको र कार्य प्रणाली सन्तोषजनक नदेखेको भन्दै सूचना प्रकाशित गरि ठेक्का रद्द गर्ने तयारी गरेको हो ।

प्राधिकरणले सम्झौता रद्द गर्न नपर्न कुनै मनासिव कारण भएमा सात दिनभित्र निर्माण व्यवसायी तथा आपूर्तिकर्ता स्वयम् उपस्थित भइ स्पष्टीकरण दिन आग्रह गरेको छ ।

यस्तै, गत जेठ २४ गते पनि प्राधिकरण अत्तरिया प्रादेशिक कार्यालयले ९ वटा कम्पनीले निर्माण कार्य नगरेको र सन्तोषजनक कार्य नभएको भन्दै ठेक्का सम्झौता रद्द गर्ने तयारी गरिएकाेले कुनै मानसिव कारण भएमा  स्पष्टीकरण माग गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit