विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चोकमा ३६ मेगावाटको माथिल्लो बेलफी ‘ए’ जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको बलेफी हाइड्रो पावर कम्पनीले हकप्रद सेयर निष्कासन अनुपात बढाएको छ । कम्पनीले १ः०.५० को अनुपातबाट बढाएर १ः१ को अनुपातमा सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले यसअघिले फागुन १२ गते बसेको सञ्चालक समितिको बैंठकले १ः०.५० को अनुपातमा ५० प्रतिशत सेयर निष्कासन गर्ने प्रस्ताव गरेको थियो । साउन २ गते बसेको सञ्चालक समितिको बैंठकले १ः१ को अनुपातमा १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको आयोजनाले गत कात्तिकदेखि बिजुली उत्पादन गरिरहेको छ । यो आयोजनाको विद्युत २२ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत  प्राधिकरणको लामोसाँघु सबस्टेसनमा जोडिएको छ । यो आयोजना करिब ७ अर्ब रुपैयाँमा सम्पन्न भएको छ । आयोजनामा ३० प्रतिशत स्वपूँजी तथा बाँकी ७० पतिशत ऋण लगानी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit