विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हरेक दिन झरी–बादल वा घाम–पानी नभनी नागरिकको सेवामा खटिने नेपाल विद्युत प्राधिकरण चितवन वितरण केन्द्रका कर्मचारीमाथि जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहार गर्दै पक्राउ गरेको छ ।

प्राधिकरण कर्मचारीले एक स्थानीय पत्रकारमाथि हातपात गरेको भन्ने उजुरीका आधारमा प्रशासन कार्यालयले कार्यालय प्रमुखसहित ८ जनालाई पक्राउ गरेको हो । केन्द्र प्रमुख राजीवकुमार सिंह सहितका कर्मचारी पक्राउ परेपछि अहिले हेटौंडा, चनौली, टाँडी लगायत वितरण केन्द्रका कर्मचारीहरू अहिले प्रशासन कार्यालय अगाडि धर्ना बसेका छन् ।

कर्मचारीहरूले पक्राउ परेका कर्मचारीलाई छोड्नुपर्ने माग राख्दै प्रशासन कार्यालय अगाडि नाराबाजी समेत गरेका छन् । प्रशासन कार्यालयले झुटा मुद्दा लगाएको भन्दै कर्मचारीहरूले रिहाईका लागि नाराबाजी गर्दैै मंगलबार (आज) केन्द्र अन्तर्गतका सम्पूर्ण सेवा ठप्प बनाउँदै सवारी साधनहरू पनि त्यहीँ लगेर थन्क्याएका छन् ।

प्रशासन कार्यालयले केन्द्रका कर्मचारीहरू र घटनास्थलमा नभई फिल्डमा खटिएका केन्द्र प्रमुख सिंहलाई अनावश्यक आरोप लगाएको बागमती प्रादेशिक कार्यालय प्रमुख श्रीरामराज पाण्डेले बताए । ‘स्थानीयलाई भरपर्दो र गुणस्तरीय विद्युत सेवा प्रवाह गर्न रातदिन खटिने सिंह घटना भएको समयमा उपस्थित थिएनन्’, उनले ऊर्जा खबरसँग भने, ‘झुटो उजुरी परेपछि प्रशासन कार्यालयले पक्राउ गरेको छ, वकिलसँग परामर्श भइरहेकोले आज छोड्न सक्छ ।’

जिल्ला प्रशासनले एक कर्मचारीलाई शुक्रबार नै र अन्यलाई शनिबार पक्राउ गरेको थियो । प्रमुख सिंह भने सोमबार आफै जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए । असार ३१ गते (शुक्रबार) कार्यालय समयपश्चात् खाजा खाने क्रममा (७ बजेतिर) अपरिचित व्यक्तिले लुकेर फोटो खिचेपछि केन्द्रका कर्मचारीले सो स्थानीय पत्रकारलाई फोटो नखिच्न भनेका थिए तर पत्रकारको परिचय नै नदिएर लुकेर फोटो खिचेर भाग्ने कोसिस गरेको हुँदा कर्मचारीहरू उनीबीच धकेलाधकेलसम्म भएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit