विद्युत अपडेट

  • प्राधिकरण : ८६४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४६५२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२००२ मे.वा.घन्टा
  • आयात : १५३ मे.वा.घन्टा
  • निर्यात : १७४०९ मे.वा.घन्टा
  • ट्रिपिङ : ६० मे.वा.घन्टा
  • ऊर्जा माग : ६५५१७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८५१ मे.वा.
२०८३ साउन ४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)  र ह्वावे नेपालले विश्व निकेतन माध्यमिक विद्यालयसँगको सहकार्यमा स्मार्ट कक्षा तथा विद्यार्थी वैज्ञानिक अनुसन्धान सीप विकास कार्यशाला सुरु गरेका छन् । डिजिटल प्रविधिमार्फत शिक्षण–सिकाइ प्रक्रियामा रूपान्तरण ल्याउँदै नेपालभरका विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न गरी यसको थालनी गरिएको हो ।

सन् १९५९ मा स्थापित काठमाडौँको त्रिपुरेश्वरस्थित विश्व निकेतन नेपालको सबैभन्दा पुरानो तथा प्रतिष्ठित सामुदायिक शैक्षिक संस्थामध्ये पर्छ । शैक्षिक उत्कृष्टता र नवीन शिक्षण अभ्यासको लामो इतिहास बोकेको यस विद्यालयसँगको सहकार्यमार्फत नेपालभर स्मार्ट शिक्षाको विस्तारका लागि प्रेरणादायी नमुना विकास गर्ने लक्ष्य राखिएको छ ।

यो कार्यक्रमले डिजिटल कक्षाकोठा प्रविधिको प्रयोगमा सीमित नभई उपत्यकाभित्रकालाई बाहिरका विद्यालयसँग जोड्दै नेपालको पहिलो सहकार्यात्मक स्मार्ट शिक्षा प्लेटफर्म निर्माण गरेको जनाइएको छ । यस प्लेटफर्ममार्फत विद्यार्थी तथा शिक्षकहरूले प्रत्यक्ष वैज्ञानिक अनुसन्धान सत्र, अन्तरक्रियात्मक कक्षाहरू तथा वास्तविक समयमै ज्ञान आदान–प्रदान गर्दै संयुक्त रूपमा सिकाइ गर्ने अवसर प्राप्त गर्नेछन् ।

ह्वावेका अनुसार स्मार्ट कक्षा समाधानमार्फत दुर्गम क्षेत्रका विद्यालयका विद्यार्थीहरूले गुणस्तरीय विज्ञान शिक्षा, अन्तरक्रियात्मक डिजिटल शैक्षिक सामग्री तथा विश्व निकेतनका विद्यार्थीहरूसँग सहकार्यात्मक सिकाइ गतिविधिमा सहभागी हुने अवसर पाउनेछन् । साथै, दुवै विद्यालयका शिक्षकले शिक्षण अनुभव आदान–प्रदान गर्न, उत्कृष्ट अभ्यास साझा गर्न तथा संयुक्तरूपमा प्रभावकारी कक्षा सञ्चालन गर्न सक्नेछन् । यसले प्रविधिमार्फत केवल कक्षाकोठालाई डिजिटल मात्र नबनाई विद्यालयलाई जोडेर शैक्षिक असमानता न्यूनीकरण गर्न सकिने दाबी गरिएको ।

'शिक्षाको भविष्य विद्यार्थी कहाँ बस्छ भन्ने कुराले होइन, उसले प्राप्त गर्न सक्ने अवसरले निर्धारण गर्छ। ह्वावेमा हामी विश्वास गर्छौं कि कनेक्टिभिटीले ज्ञान, मानिस र सम्भावनालाई जोड्नुपर्छ,' ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत चेस्टर चेनले भने, 'नेपालका कक्षाकोठालाई जोडेर हामी विद्यार्थीलाई एकअर्काबाट सिक्ने, शिक्षकलाई भौगोलिक सीमाभन्दा बाहिर सहकार्य गर्ने तथा काठमाडौँदेखि दुर्गम गाउँसम्मका प्रत्येक बालबालिकालाई समावेशी, अन्तरक्रियात्मक र भविष्यका लागि तयार शिक्षा प्रणालीमा सहभागी हुने अवसर सिर्जना गरिरहेका छौँ ।'

यसैगरी, एडीबीका वरिष्ठ शिक्षा विशेषज्ञ जेफ्री जियान शुले यो सहकार्यले नवप्रवर्तन, सहकार्य र डिजिटल प्रविधिलाई एकीकृत गर्दै सबै विद्यार्थीका लागि सिकाइका अवसरहरू सुधार गरी समावेशी, उत्थानशील तथा भविष्यका लागि तयार शिक्षा प्रणाली निर्माण गर्ने प्रतिबद्धता प्रतिबिम्बित हुने बताए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३