विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भक्तपुर-बानेश्वर ६६ केभी प्रसारण लाइन बन्द (सटडाउन) गरेको छ । प्राधिकरणले भक्तपुर (कटुन्जे) देखि बानेश्वर आउने प्रसारण लाइनकाे पुरानो तथा जिर्ण कन्डक्टर बदली गर्न  १ महिनाका लागि बन्द गरेकाे हाे ।

सोमबार (आज) बिहान ७ बजेदेखि लाइन बन्द गरी पुरानो र जिर्ण कन्डक्टर बदलीको काम सुरु गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार  प्रसारण लाइनकाे मर्मत तथा स्तराेन्नति गर्न भदाै १ गतेसम्म लाग्नेछ । प्रसारण लाइनकाे मर्मत तथा स्तराेन्नति गर्ने अवधिभर दैनिक १२ घन्टा प्रसारण लाइन बन्द हुनेछ । 

प्रसारण लाइन अवरुद्ध हुँदा ६६ केभी भक्तपुर र बानेश्वर सबस्टेसनबाट वितरण हुने विद्युत सेवा प्रभावित हुने भएकाे छ । याे अवधिमा दुवै सबस्टेसनका ११ केभी फिडरकाे विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएकाे छ ।

वर्षाका कारण प्रसारण लाइनकाे मर्मत तथा स्तराेन्न्ति कार्य प्रभावित भएमा याे अवधि लम्बिने पिन प्राधिकरणले जानकारी दिएकाे छ ।१ महिनासम्म बिहान ७ बजेदेखि अवरुद्ध भएकाे प्रसारण लाइन दैनिक ७ बजे सूचारु हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit