विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालको सबैभन्दा ठुलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडकाे १० करोड ५९ लाख १ (१ बराबर १) कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित भएकाे छ ।  कम्पनीकाे आज (साउन ३ गते) सम्पन्न साधारणसभाले  १:१ अनुपातको हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गरेको हो ।

कम्पनीको हालकाे चुक्ता पुँजी १० अर्ब ५९ करोड १०० रुपैयाँकाे १:१ काे अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित भएकाे छ । हकप्रद सेयर निष्कासनपश्चात संकलन भएको पूँजी र माथिल्लो तामाकोसी जलविद्युत केन्द्रबाट भएको आम्दानी २० मेगावाटकाे रोल्वालिङ, ९९ मेगावाटकाे माथिल्लाे तामाकाेसी ५ र अन्य  आयोजनामा लगानी गरिने कम्पनीका अध्यक्षसमेत रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । हकप्रद सेयर जारी गरेपछि कम्पनीकाे चुक्ता पूँजी २१ अर्ब १८ करोड २०० रुपैयाँ हुनेछ ।

कम्पनीले निर्माण गरेकाे आयाेजनाले २०७८ भदाैदेखि व्यापारीक उत्पादन सुरू गरेकाे छ । बैंकको ब्याजबाहेक ३५ अर्ब २९ करोड रुपैयाँमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको आयाेजना ८८ अर्ब रुपैयाँ लागतमा सम्पन्न भएकाे छ ।   यसको आधारमा माथिल्लो तामाकोसी प्रतिमेगावाट १९ करोड ३० लाख रुपैयाँमा सम्पन्न भएको छ । कम्पनीका अनुसार कुल लागतमध्ये ५२ अर्ब रुपैयाँ खुद लागत तथा बाँकी बैंकको ब्याज, विदेशी मुद्रामा आएको वृद्धि लगायत खर्च निस्केको छ ।

कम्पनीमा नेपाल विद्युत प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत, नागरिक लगानी कोषको ३ प्रतिशत र राष्ट्रिय बिमा संस्थानको २ प्रतिशत लगानीका संस्थापक रहेका छन् । यस्तै, सर्वसाधारणको १५ प्रतिशत, दोलखा जिल्लाबासीको १० प्रतिशत तथा २४ प्रतिशत कर्मभारी सञ्चय कोषका सञ्चयकर्ताको लगानी छ ।

याे पनि पढ्नुहाेस्

१० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने अप्पर तामाकोसीको निर्णय

अप्पर तामाकोसी हाइड्रो पावरले १ बराबर १.५ हकप्रद सेयर निष्कासन गर्दै

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit