विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोलखामा ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी सञ्चालन गरिरहेको अप्पर तामाकोसी हाइड्रो पावर कम्पनी लिमिटेडले तीन महिनामा बिजुली बेचेर करिब ४ अर्ब रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष (आव) २०८०/८१ को साउनदेखि असोजसम्मको अवधिमा माथिल्लो तामाकोसीको बिजुली बेचेर सो आम्दानी गरेको हो ।

कम्पनीले आवको पहिलो त्रैमासमा बिजुली बेचेर ३ अर्ब ७१ करोड ५८ लाख ४७ हजार ७५८ रुपैयाँ आम्दानी गरेको जनाएकाे छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यो आम्दानी गत वर्षको यही समयवधिको तुलनामा बढेको हो । गत वर्ष ३ अर्ब ५६ करोड १७ लाख ८२ हजार ४७६ रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको विद्युत् उत्पादन आम्दानी सँगै नाफा पनि बढेको छ । यो अवधिमा कम्पनीले १ अर्ब ७२ लाख ५८ हजार ७१९ रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष ७९ करोड ७७ लाख २६ हजार ५६९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी १५ अर्ब ९९ करोड रुपैयाँ रहेको छ । कम्पनीको दीर्घकालिन ऋण ७३ अर्ब १ करोड रुपैयाँ रहेको छ भने अल्पकालीन ऋण ३ अर्ब ३ करोड रुपैयाँ रहेको छ । कम्पनीकाे माथिल्लो तामाकोसीले २०७८ भदौ २५ गतेदेखि नियमीत विद्युत् उत्पादन गरिरहेको छ ।

कम्पनीको ऋण र स्वपुँजी अनुपातको सुधार गर्न, दोस्रो चरणको निर्माण अन्तर्गतको रोल्वालिङ खोला जलविद्युत् आयोजनाकाे वित्त व्यवस्थापन र आयोजना निर्माणसम्बन्धी बाँकी रहेका ऋण भुक्तानीको लागि कम्पनीले १ः१ अनुपातमा हकप्रद निष्कासन गरिसकेको छ ।

हकप्रद सेयर निष्कासन अन्तर्गत पहिलो चरणमा संस्थागत सेयरधनीहरूबाट ५१ प्रतिशत सेयर निष्कासन वापतको रकम ५ अर्व ४० करोड ९ लाख रुपैयाँ प्राप्त गरी बाँडफाँट गरिएकोले कम्पनीको चुक्ता पुँजी बढेर १५ अर्व ९९ करोड ९ लाख रुपैयाँ भएको हो । उक्त रकमबाट नेपाल विद्युत् प्राधिकरण र हाइड्रोइलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडबाट प्राप्त अल्पकालिन ऋण चुक्ता गरिएको कम्पनीले जनाएको छ ।

यसैगरी, अहिले दोस्रो चरणको हकप्रद सेयर निष्कासन अन्तर्गत गत भदौ १८ देखि असोज २२ गतेसम्म सर्वसाधारणका लागि ४९ प्रतिशत सेयर निष्कासन गरिएको थियाे  । याे सेयर बाँडफाँट प्रक्रियामा रहेको छ । उक्त सेयर बाँडफाँट पश्चात सर्वसाधारणमा बिक्री नभएकाे सेयरको लिलामी प्रक्रिया सुरु गर्ने तयारी पनि भइरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit