विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अबको ६ महिनामा अहिलेको विद्युत माग बढेर २ हजार मेगावाट पुग्ने प्रक्षेपण गरेको छ । आन्तरिक उत्पादन बढेसँगै विद्युतको खपत पनि बढिरहेकाले २०७९ असारसम्ममा उच्च माग बढेर २ हजार मेगावाट हारहारीमा पुग्ने प्रक्षेपण गरिएको हो ।

तथ्याङ्कअनुसार गतवर्षको तुलनामा यस वर्ष जाडो सुरु भए यता विद्युतको उच्च माग (पिक डिमाण्ड) ३ सय मेगावाटको हाराहारीमा बढेको छ । विद्युत खपत बढाउने अभियान तथा चिसो बढेर एसी, हिटर जस्ता विद्युतीय उपकरणको उपयोग हुन थालेपछि विद्युतको आन्तरिक माग पनि ह्वात्तै बढेको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले आन्तरिक उत्पादन खपत हुन नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन विद्युतीय उपकरणको प्रयोग बढाउने र उद्योगहरुलाई चाहिएजति विद्युत उपलब्ध गराउने नीति लिई सोहीअनुसार काम गरिरहेको छ । विद्युतीय चुल्हो, एसी, हिटर लगायत विद्युतबाट चल्ने घरायसी सामानको प्रयोगमा भएको बृद्धि, विद्युतबाट सञ्चालन हुने यातायातका साधनको बृद्धि, ठूला उद्योगलाई उपलब्ध गराइएको पर्याप्त विद्युतलगायतका कारणले दैनिक रुपमा खपत बढिरहेको हो ।

प्राधिकरणले कात्तिक अन्त्यबाट नेपालकै ठूलो होङ्शी सिमेन्ट उद्योगलाई ३० मेगावाट विद्युत उपलब्ध गराएकाले पनि माग बढेको हो । विद्युतको माग क्षमता (मेगावाट) र ऊर्जा (युनिट) दुवैमा बढिरहेको प्राधिकरणले जनाएको छ । गत मंसिर २७ गते प्राधिकरणको प्रणालीबाट वितरण हुने विद्युतको उच्च माग १५३९ मेगावाट थियो । यो माग अघिल्लो वर्षको सोही दिनको तुलनामा ३२२ मेगावाट बढी हो । गत वर्ष यो दिनको उच्च माग १२१७ मेगावाट थियो ।

यो तथ्यांकले १ वर्षमा विद्युतको उच्च माग २६.५ प्रतिशत बृद्धि भएको प्राधिकरणको दाबी छ । २७ गतेको प्रणालीको उच्च माग प्राधिकरणका जलविद्युतगृहबाट उत्पादन भएको ५४० मेगावाट, प्राधिकरणका सहायक कम्पनीका जलविद्युतगृहबाट उत्पादन भएको ५२९ मेगावाट र निजी क्षेत्रका जलविद्युतगृहबाट उत्पादन भएको ४२५ मेगावाट विद्युतबाट व्यवस्थापन गरिएको थियो ।

अपुग भएको २५ मेगावाट विद्युत भारतबाट आयात गरिएको थियो । ४ मेगावाट हाराहारीमा भारततर्फ पनि विद्युत पठाइएको थियो । मंसिर मध्यसम्म भारततर्फ विद्युत निर्यात हुँदै आएकोमा आन्तरिक उत्पादन घट्न थालेपछि प्राधिकरणले फेरि भारतबाट विद्युत आयात गर्न सुरु गरेको हो । 

विद्युत् बढी खपत हुने काठमाडौं उपत्यकाकोसहित आसपासका क्षेत्रको विद्युत माग पनि ह्वातै बढेको छ । काठमाडौं उपत्यकाको विद्युतको अधिकतम माग ९० मेगावाटको हाराहारीमा बृद्धि भएको छ । गतवर्ष २९३ मेगावाट रहेको काठमाडौं उपत्यकाको उच्च यो वर्ष ३८२ मेगावाट पुगेको छ । 

ऊर्जाको मागका आधारमा मंसिर २७ गतेको विद्युत खपत २ करोड ७२ लाख युनिट थियो । यो खपत गत वर्षको सोही दिनको २ करोड ११ लाखको तुलनामा ६१ लाख युनिट बढी हो ।  ऊर्जाका आधारमा विद्युत खपत गत वर्षको तुलनामा २८.६५ प्रतिशत बढी हो । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्षको तुलनामा यस वर्ष ३० प्रतिशतको हाराहारीमा विद्युत माग बढ्नु ठूलो उपलब्धी भएको बताए । ‘घरायसी प्रयोजनका लागि विद्युतीय चुल्हो तथा जाडोमा एयर कन्डिसनको प्रयोग बढिरहेको छ,’ उनले भने, ‘चार्जिङ स्टेसनको निर्माण बढिरहेकाले विद्युतीय सवारी साधनको प्रयोग बढिरहेकाले विद्युत खपत बढेको छ ।’ उनले औद्योगिक क्षेत्रमा पर्याप्त विद्युत उपलब्ध गराउने प्राधिकरणको प्रयासले समेत विद्युत माग ह्वात्तै बढाएको बताए ।

अहिलेकै अनुपातमा खपत बढ्ने हो भने चालू आर्थिक वर्षको अन्त्यसम्ममा ५ सय मेगावाट बढीको उच्च माग थपिने दाबी गरे । घिसिङले उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत उपलब्ध गराएर देशभित्र उत्पादित विद्युत आन्तरिक रुपमै खपत बढाउने कुरालाई पहिलो प्राथमिकतामा राखी अल्पकालीन र दीर्घकालीन योजनाअन्तर्गत प्रसारण तथा वितरणतर्फका पूर्वाधार  विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम अगाडि बढाएको बताए ।

विद्युत माग गरेका उद्योगहरुलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत दिने र  निर्माणाधीन आयोजनाहरुको काम जतिसक्दो छिट्टो सम्पन्न प्राधिकरणको अल्पकालीन योजना छ । दीर्घकालीन योजनाअन्तर्गत  विद्युत खपत बढ्न सक्ने सम्भावित ठाउँहरुको पहिचाहन गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण सुरु गर्नेे योजना छ ।

प्राधिकरणले थप विद्युत आवश्यक पर्ने उद्योगहरुलाई परिमाण खुलाएर तत्काल आवेदन दिन समेत आग्रह गरिरहेको छ । मुख्य रुपमा औद्योगिक करिडोर क्षेत्रको विद्युत प्रसारण तथा वितरण प्रणालीको सञ्जाल सुधारका लागि बृहत् सुदृढीकरणको काम अगाडि बढाइएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit