विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव साटिएका छन् । हाल भौतिक पूर्वाधारको जिम्मेवारीमा रहेका सचिव गोपालप्रसाद सिग्देल ऊर्जा तथा जलस्रोतमा र ऊर्जा तथा जलस्रोतका सचिव केशवकुमार शर्मा भौतिक पूर्वाधारमा सरुवा भएका हुन् ।

बुधबार (माघ ४ गते) बसेको मन्त्रीपरिषद्को बैठकले दुवै सचिवको सरुवा गर्ने निर्णय गरेको हो । सिग्देलले आज (शुक्रबार) रवाना लिने आइतबार सार्वजनिक बिदा परेकोले सोमबारदेखि मन्त्रालयको जिम्मेवारी सम्हाल्ने जानकारी दिएका छन् । उता शर्माले भने शुक्रबार नै भौतिक पूर्वाधारमा हाजिर हुने बताएका छन् ।

ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयमा दुई सचिव रहने व्यवस्था अनुसार एक जनाले ऊर्जा क्षेत्र र अर्काेले जलस्राेत तथा सिँचाइकाे जिम्मेवारी सम्हाल्दै आएका छन् । हाल दिनेशकुमार घिमिरे ऊर्जातर्फकाे जिम्मेवारीमा रहेकाे हुँदा जलस्राेत तथा सिँचाइमा शर्मालाई सरुवा गरेर सिग्देललाई लगिएकाे छ ।

२०५५ सालमा सिँचाइ विभागबाट सेवा प्रवेश गरेका सिग्देल २०६८ सालमा खुला प्रतिस्पर्धाबाट सहसचिव बढुवा भएका थिए । सहसचिव भएपछि उनले भौतिक पूर्वाधार मन्त्रालय, सडक विभाग, राष्ट्रिय सतर्कता केन्द्रमा रहेर जिम्मेवारी पूरा गरेका थिए । उनी २०७४ साल बैशाख अन्तिमदेखि एक वर्ष विभागको महानिर्देशकको जिम्मेवारीमा समेत थिए ।

करिब डेढ वर्ष अघि सचिवमा बढुवा भएपछि सिग्देल नेपाल ट्रष्टको कार्यालयमा पदस्थापन भएका थिए भने त्यहाँबाट उनको भौतिक पूर्वाधारमा सरुवा भएको थियो । झण्डै डेढ दशक सिँचाइ क्षेत्रको अनुभव संगालेर सडक क्षेत्र सेवा परिवर्तन गरेका उनी जलस्रोत तथा सडक पूर्वाधारका क्षेत्रमा गहिरो अनुभव, इमान्दार, निर्णय क्षमतामा अब्बल एवम् प्रस्ट व्यक्तिका रूपमा चिन्छिन् ।

यसैगरी, २०५३ सालदेखि इन्जिनियरको रूपमा सेवा प्रवेश गरेका शर्मा १० वर्ष सहसचिवको जिम्मेवारीमा रहेपछि सचिवमा बढुवा भएका हुन् । सहसचिव हुँदा उनी ३ पटकसम्म भौतिक पूर्वाधार मन्त्रालयको विभिन्न महाशाखाको जिम्मेवारी, सडक विभागमा वैदेशिक महाशाखा, मर्मत सम्भार महाशाखा, एसियाली विकास बैंक अन्तर्गतको आयोजना व्यवस्थापन विभाग लगायत क्षेत्रको जिम्मेवारी सम्हालेका थिए ।

शर्माले करिब २२ महिना सडक विभागको महानिर्देशकको जिम्मेवारी समेत सम्हालेका थिए भने करिब साढे दुई महिनाअघि सचिवमा बढुवा भएपछि उनको ऊर्जा तथा जलस्रोत मन्त्रालयमा पदस्थापन भएको थियो । उनी पनि क्षेत्रगत विधामा अनुभवी र अब्बल व्यक्तिको रूपमा चिनिन्छन् ।

सिग्देल र शर्मा दुवै भौतिक पूर्वाधार क्षेत्रका दक्ष एवम् अनुभवी इन्जिनियरहरू हुन् । यद्यपि, सिग्देलसँग जलस्रोत तथा ऊर्जा क्षेत्रको पनि लामो अनुभव रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit