विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुस्मित इनर्जी प्रालिले २० मेगावाटको कुनवान खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले गण्डकी प्रदेशको म्याग्दी जिल्लामा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।

जिल्लाको धवलागिरी गाउँपालिका भएर बग्ने कुनवान खोलामा पहिचान भएको आयोजना अघि बढाउन लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिइएको छ ।

अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र दिन ३५ दिने सूचना जारी गरेको छ ।

विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन र आयोजनाको अध्ययन रिपोर्टका आधारमा प्रवद्र्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ ।

विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग रायसुझाव मागेको छ । विभागले सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी रायसुझाव  पठाउन सरोकारवाला समक्ष आग्रह गरेको छ ।

सरोकारवालाले  रायसुझाव विभाग वा प्रवद्र्धक कम्पनीको कार्यालयमा प्राप्त हुने गरी पठाउन सक्ने विभागले जनाएको छ । आयोजनाको बाँध निर्माणस्थल कुनवाल खोला र म्याग्दी खोलाको दोभान भन्दा करिब ४ हजार ३ सय मिटर माथि निर्माण हुनेछ ।

आयोजनाको मुख्य संरचना इन्टेक, ग्रावल ट्राप, बालुवा थिग्राउने बेसिन, हेडरेस पाइप, सर्ज ट्याक, पेनस्टक पाइप, र विद्युतगृह कुनवान खोलाको बायाँ किनारामा पर्दछन् ।

खोलाको पानीलाई २ हजार ७ सय ८० मिटर लामो इन्र्भटेड डि–टाइपको सुरुङ हुँदै १ हजार ७ सय ८० मिटर लामो पेनस्टक पाइफमार्फत विद्युतगृहसम्म पुर्याइनेछ । विद्युतगृहमा जडित २ वटा पेल्टन टर्वाइनमा पानी खसाली सो टर्वाइनमा जोडिएको २ वटा जेनेरेटर मार्फत विद्युत उत्पादन गरिनेछ ।

आयोजनाको काम २०८२ फागुन भित्र पूरा गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजनाबाट वार्षिक ११५.५१५ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । उत्पादीत विद्युत ८.५ किलोमिटर दुरीमा रहेको म्याग्दी खोला जलविद्युत आयोजनाको १३२ केभी प्रसारण लाइन मार्फत नेपाल विद्युत प्राधिकरणको प्रस्तावित डाँडाखेत सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit