images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा विभिन्न संरक्षण क्षेत्रले अध्ययन सहमति नदिँदा ४६१ मेगावाट क्षमताका ९ वटा जलविद्युत् आयोजनाको अनुमतिपत्र नै खारेज हुने अवस्थामा पुगेको छ । ऊर्जा मन्त्रालयबाट अध्ययन अनुमतिपत्र पाएका जलविद्युत् आयोजनालाई वन तथा वातावरण मन्त्रालय अन्तर्गतका निकुञ्ज तथा संरक्षण क्षेत्रले अध्ययनका लागि सहमति नै नदिादा करोडौ रुपैयाँ रोयल्टी तिरिसकेका आयोजनाका लाइसेन्स खारेज हुने अवस्थामा पुगेका हुन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)का अध्यक्ष गणेश कार्कीको नेतृत्वमा पीडित आयोजनाका प्रवर्द्धकहरूको टोलीले सोमबार वन तथा वातावरण सचिव डा.दीपक खराललाई भेटेर यी आयोजनाको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको छ ।

निकुञ्ज तथा संरक्षण क्षेत्रका कर्मचारीलाई कुनै कुरा चित्त नबुझेको भरमा प्रवर्द्धकलाई थुन्ने धम्की दिनु न्यायसंगत नभएको प्रवर्द्धक सिताराम तिमल्सिनाले बताए । ‘म ७५ वर्षको बुढोलाई राती घरमै आएर उठाउँछु भन्ने धम्की दिन्छन्, उनीहरूले बोलाएको बैठकमा तीन पुस्ता नै आउनुस् भन्छन्,’ उनले वन सचिवसँग भने, ‘हामीले त हाइड्रो बनाएको हो । देशलाई समृद्ध बनाउने अभियानमा लागेको हो । कुनै तस्करीको काम गरेको त होइन नी ।’

लागाङ खोला (ब्रह्मायणी ए) जलविद्युत् आयोजनाका प्रवर्द्धकक तथा इपानका सदस्य भरत पराजुलीले रुख तस्कर र जलविद्युत् प्रवद्र्धकलाई हेर्ने दृष्टिकोण एउटै हुनु निकै दुख दायक भएको बताए । ‘हामीलाई अपमानित गरेको महसुस भइरहेको छ । देशलाई समृद्ध बनाउने अभियानमा लागेका मान्छेलाई थुन्छु की थुन्छु भन्ने शब्द प्रयोग भइरहेको छ,’ उनले भने, ‘कमजोरी भएको भए करेक्सन गरौ । हामीले हाइड्रो पावर बनाएको हो, कुनै अपराध गरेको होइन ।’

बरुण खोला जलविद्युत् आयोजनाका प्रवर्द्धक तथा इपान सदस्य बिजयमोहन भट्टराईले आयोजनाको क्षमता बढाउछु भन्दा निकुञ्जले अनुमति नदिएको बताए । उनले वनमा पर्ने थप कुनै रुख नकाटी, कुनै संरचना नथपी २० मेगावाटको क्षमता बढाएर ३० मेगावाट बनाउन अनुमति माग्दा निकुञ्जले नदिएको बताए ।

मध्य घुन्सा खोला जलविद्युत् आयोजनाका प्रवर्द्धक पूर्णलाल श्रेष्ठले वनले अध्ययन सहमति नदिएमा ३ महिनापछि आयोजनाको अनुमतिपत्रको अवधि सकिएर खारेज हुने भएकाले आयोजनालाई बचाउन पनि तुरुन्तै अध्ययन सहमति दिनुपर्ने बताए । निकुञ्ज र वनले अध्ययन सहमति नदिएकै कारण आयोजनाको अनुमतिपत्रको अवधि सकिन लागेकाले यस्ता आयोजनाको अनुमति पत्रको अवधि २ वर्ष थप गर्नका लागि ऊर्जा मन्त्रालयलाई सिफारिस गरिदिन इपानका अध्यक्ष गणेश कार्कीले सचिव खरालसँग आग्रह गरे ।

ऊर्जा मन्त्रालयले अनुमतिपत्र जारी गरेपछि ५ वर्ष देखि वर्षेनी करोडौ रुपैयाँ रोयल्टी तिरिसकेको तर वनबाट अध्ययन सहमति नपाएकाले लाइसेन्स खारेज हुने अवस्था आएको बताउँदै कार्कीले आयोजनाको लाइसेन्स जोगाउन सचिव स्तरीय निर्णयबाट अध्ययन सहमति दिन आग्रह गरे ।

संरक्षित क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका लागि जग्गा उपलब्ध गराउने कार्यविधि २०८० मा पानी छोड्नुपर्ने व्यवस्थालाई उल्ट्याएर क्युसेकबाट क्युमेक बनाउँदा धेरै आयोजना प्रभावित हुने हुँदा उक्त बुँदा हटाएर साविककै क्युसेक उल्लेख गर्न पनि कार्कीले आग्रह गरे ।

वन तथा वातावरण सचिव डा.खरालले क्युसेकलाई क्युमेक बनाउने र २ वर्ष म्याद थप गर्ने कुरा सम्बोधन गर्न मिल्ने भए आफ्नो तर्फबाट सहजिकरण गर्ने प्रतिवद्धता जनाए । काम गर्नकै लागि आयोजनालाई अनुमतिपत्र दिएको भन्दै सचिव खरालले अध्ययन र निर्माणको क्रममा केही कमजोरी भएको भए त्यसलाई बसेर सुल्झाउनु पर्ने तर आयोजनाको काम रोकिन नहुने कुरामा आफू प्रतिवद्ध रहेको बताए ।

निकुञ्ज तथा संरक्षण क्षेत्रमा परेका आयोजनाहरू

१. मिडिल घुन्सा जलविद्युत आयोजना, ३० मेगावाट (मेवा)
२. अप्पर पेल्मा खोला जलविद्युत आयाजना, २४.८ मेवा 
३. गुम्चे खोला जलविद्युत आयोजना, ७.५ मेवा. 
४. घुन्सा खोला जलविद्युत् आयोजना, १५५ मेवा. 
५. लागाङ खोला (ब्रह्मायणी ए) जलविद्युत आयोजना, ९.७ मेवा
६. यान्मा खोला जलविद्युत आयोजना, ६५.८ मेवा
७. सिम्बुवा खोला जलविद्युत आयोजना, ४० मेवा
८ लाङटाङ खोला जलविद्युत आयोजना २० (३०) मेवा
९ अपर बरुण खोला जलविद्युत आयोजना १०९ मेवा

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit