विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । तामाकोसी जलविद्युत् कम्पनी लिमिटेडले ९९.५ मेगावाटको तामाकोसी–५ जलविद्युत् आयोजनाको विद्युत् प्रवाह हुने २२० केभी प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढाएको छ । आयोजनाको स्वीचयार्डदेखि ४५६ मेगावाटको माथिल्लो तामाकोसीको विद्युत् लाइनका टावर नम्बर १७ र १८ मा ‘लुप इन लुप आउट’ गर्ने गरी निर्माण प्रक्रिया अघि बढाएको छ ।

कम्पनीले ३.४ किलोमिटर लामो २२० केभी डबल सर्किट लाइनको स्थलगत निर्माण सुरु गर्न विद्युत् विकास विभागमा आवेदन दिएको छ । विभागले लाइन निर्माण अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ ।

दोलखाको विगु गाउँपालिकामा निर्माणाधीन तामाकोसी–५ को विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि निर्माण गरिएको लाइन पूरा भएपछि ५७७.८ मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ । १८ वटा टावर रहने गरी निर्माण गर्न लागिएको लाइन पूरा गर्न २८ महिना लाग्नेछ ।

तामाकोसी–५ को स्थलगत संरचना निर्माण सुरु गर्ने तयारी भइरहेको छ । आयोजनाको निर्माणको ठेक्का चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोेरेशन लिमिटेडले पाएको छ । पहिलो चरणमा सिभिल र हाइड्रो मेकानिकल र दोस्रो चरणमा इलेक्ट्रोमेकानिकल र लाइनको काम सुरु गर्ने तयारी भइरहेको जनाइएको छ । जलविद्युत् आयोजनाको निर्माण सुरु भएको ४ वर्षभित्र उत्पादन थाल्ने प्रवद्र्धक कम्पनीको लक्ष्य छ ।

४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको क्यासकेडको रूपमा रहेको तामाकोसी–५ निर्माण सम्पन्न २१ अर्ब ३४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit