images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
स्कटल्यान्डमा हुने जलविद्युत् सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा ‘मेड इन नेपाल’को परिचर्चा

काठमाडौं । बेलायतको स्कटल्यान्डमा हुन गइरहेको जलविद्युत् सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा यस क्षेत्रमा नेपालले गरेको विकास, अनुभव तथा विज्ञताको समेत परिचर्चा हुने भएको छ । विदेशमा अर्धदक्ष तथा अदक्ष कामदार निर्यात गर्ने मुलुकको रूपमा चिनाउने गरिएकोमा यसभन्दा फरक अब नेपालले प्राविधिक तथा बौद्धिक क्षेत्रमा पनि फड्को मारेको हुँदा त्यसको प्रवर्द्धन गर्न लागिएको हो ।

भोलि (असोज २९–कात्तिक १ गतेसम्म) देखि हुने त्यस सम्मेलनमा ज्ञान, विज्ञान तथा विद्धताको परिचर्चासँगै विभिन्न देशले जलविद्युत् क्षेत्रमा गरेका कामहरूको समेत प्रदर्शनी गरिने भएको छ । जसमा, नेपालको तर्फबाट ‘मेड इन नेपाल’ नाम दिइएर स्टल राखिने र त्यहाँ नेपालले गरेका काम, अनुभव, विदेशी कम्पनीसँगको सहकार्यसँग जोडिएका लिखित दस्तावेजहरूको छलफल तथा बहस हुने नेपाल हाइड्रो पावर एसोसिएसन (एनएचए) ले जानकारी दिएको छ ।

नेपालको प्रतिनिधित्वका लागि विश्व बैंकले समन्वय गरिदिएको हुँदा पछिल्लो दशकमा यहाँ हासिल भएका बौद्धिक उपलब्धिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनुका साथै ठूला परियोजनामा वैदेशिक लगानी भित्र्याउने आधार बन्ने विश्वास गरिएको छ । एनएचएका अनुसार सम्मेलनका क्रममा राखिने नेपालको ३१० नम्बर प्रदर्शनीको स्टल सचिव घिमिरे र बेलायतका लागि नेपाली राजदूत डा. ज्ञानचन्द्र आचार्यले संयुक्तरूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

‘जलविद्युत् विकासमा नेपालले हासिल गरेको उपलब्धि, विज्ञता र सफलताका विषयहरू आदानप्रदान गर्न सकिने हुँदा हामीलाई धेरै नै फाइदा हुने देखिन्छ,’ सहभागिताका लागि बेलायत पुगेका सचिव घिमिरेले ऊर्जा खबरसँग भने, ‘त्यहाँ, बढ्दै गएको नेपालको जलविद्युत् क्षमता, विस्तार भइरहेको आन्तरिक र बाह्य बजार एवम् प्रसारण पूर्वाधारका कामहरूको चर्चा गरिनेछ ।’

नेपालले शून्य कार्बन उत्सर्जनका क्षेत्रका गरिरहेको काम तथा कार्बन न्यूनीकरणमा भइरहेका उपलब्धिका सन्दर्भको समेत चर्चा हुने उनले बताए । यहाँ उत्पादित जलविद्युत्ले देशभित्र मात्र नभई भारत तथा क्षेत्रीय देशको कार्बन न्यूनीकरणको लक्ष्यमा समेत सहयोग पुर्‍याउने हुँदा नेपाललाई लगानीको प्राथमिकतामा राखिनुपर्छ भन्ने विषय जोडदाररूपमा राखिने उनको भनाइ थियो ।

यसैगरी, एनएचएका अध्यक्ष अरुण रजौरियाले सम्मेलनमा सहभागिता जनाउने बहुराष्ट्रिय कम्पनीहरूबीच नेपालको अनुभव, हाम्रो जलविद्युत् इतिहास र पछिल्लो समयको उपलब्धिलाई सविस्तार राखिने बताए । ‘नेपालको ऊर्जा क्षेत्रमा पनि उच्च क्षमतावान विज्ञ, प्राविधिक, प्राज्ञजस्ता व्यक्तिहरू एवम् कम्पनीहरू तयार भइरहेको र तिनले विदेशी कम्पनी वा फर्मसँग सजिलै प्रतिस्पर्धा गर्न सक्छन् भनेर हामीले भन्नु परेको छ,’ उनले भने, ‘हामीमा यत्रो क्षमता विकास हुँदासम्म यसको बजारिकरण गर्न सकिएको छैन ।’ सम्मेलनमा सहभागिता जनाउनुको एउटा मुख्य उद्देश्यले नेपालमा विकास भइरहेको प्राविधिक तथा बौद्धिक पुँजीको बजारिकण गर्नु पनि रहेको उनको भनाइ छ ।

नेपालले पछिल्लो समय प्राविधिक तथा मानवपुँजी विकासमा फड्को मारेको सन्दर्भ जोड्दै विश्व बैंकका ऊर्जा प्रमुख प्रविन कार्कीले पछिल्लो समय ३००० मेगावाट विद्युत उत्पादन भइसकेको हुँदा यससँगै नेपालमा दक्ष जनशक्ति र मानव पुँजी पनि तयार भइरहेको बताए । ‘आधाभन्दा बढी विद्युत् निजी क्षेत्रले उत्पादन गरिसकेको छ,’ उनले भने, ‘उत्पादनमा मात्र होइन, परामर्शदाता एवम् विद्युत प्रसारण तथा वितरणमा पनि उसको उपस्थिति राम्रो बन्दै छ ।’ उच्च दक्षतायुक्त मानवपुँजी तयार भइसकेको हुँदा अन्तर्राष्ट्रिय जगतमा ‘हाम्रो ज्ञान, अनुभव र क्षमता उपयोग गर्नुस्’ भन्ने सन्देश लिएर हामीले ‘मेड इन नेपाल’को अवधारणा बनाएको कार्कीको भनाइ छ ।

उक्त सम्मेलनमा भाग लिन नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरे सहितका उच्च अधिकारी, एनएचएका अध्यक्ष रजौरियाको संयोजकत्वमा त्यहाँका प्रमुख पदाधिकारीहरू, निर्माण क्षेत्रका व्यवसायीहरू, परामर्शदाता कम्पनीका प्रतिनिधि लगायत दर्जनौं सरोकारवालाहरू उपस्थिति हुने जनाइएको छ ।

नेपालबाट संस्थागतरूपमा सरकार तथा एनएचएका उच्च पदाधिकारी सहित हाइड्रो कल्सल्ट, जेड कन्सल्ट, सानिमा इन्जिनियरिङ, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल), ऊर्जा डेभलपर्स लगायत निकायका प्रतिनिधिहरूको समेत उपस्थिति हुने जनाइएको छ । ३ दिनसम्म चल्ने सम्मेलनमा जलविद्युत विकासका विविध पक्षसँगै नवीकरणीय ऊर्जा, पम्प स्टोरेज, जलाशय आयोजना विकाससँग सम्बन्धित दर्जन बढी कार्यपत्र प्रस्तुत हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit