विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा चैतभित्र पानी पथान्तरण गरिने भएकाे छ ।  गत असारमा आएको बाढीका कारण पुरिएको संरचना खुलाउने काम अन्तिम चरणमा पुगेको हो ।

आयोजनामा रहेकाे संरचनाको सरसफाइ अन्तिम चरणमा पुगेकोले चैत महिनाभित्र पानी पथान्तरण गर्ने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । अहिले हेडवर्कको सबै संरचना खुलाउन नसकिएकाले अस्थायी रुपमा चलाउनका लागि आवश्यक ठाउँमा मात्र खुलाइएको 
समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।

‘अहिले अस्थायीरुपले  पानी चलाउन मात्रै संरचना बनाइएको छ’ उलने भने, ‘वर्षा सुरु भएर धमिलो पानी आएपछि त्यो बन्द गर्नुपर्छ, अहिले गत वर्षजस्तै चाँडो मनसुन सुरु भएमा चाँडो बन्द हुनसक्छ ।’ 

सुरुङमा अहिले गेट नम्बर १, ९ र ३८ मा मर्मतको काम भइरहेको छ । वैकल्पिक प्रणालीमा नदीको पानी गेट नम्बर १ बाट भित्र पठाउने र ३८ ले नियन्त्रण गर्नेछ र गेट नम्बर ९ बाट पुनः खोलामा पठाउने गरिन्छ । यी तीन गेटमा मर्मत गरेर पानी अस्थायीरुपमा पठाइने र पुरिएका संरचनामध्ये अहिले गेट नम्बर १ देखि ९ सम्म २१० मिटर लम्बाइको सुरुङ सफा भइरहेको पनि पन्तले बताए ।

मुख्य सुरुङसँग जोडिएको सहायक सुरुङका रुपमा रहेको अम्बाथान अडिटमा सफाइको काम भइरहेको छ । मेलम्ची नदीबाट सुरु भएको २९८ मिटर लामो सो अडिटबाट भित्र गएर मुख्य सुरुङमा जोडिन्छ । यो सुरुङमा बाढीका कारणले थुप्रिएका गिट्टी बालुवा र ढुङ्गा सफा गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

गेट नम्बर १ बाट अम्बाथान अडिटको मुखभन्दा तलसम्म खोलाको पानी बग्ने गरी स्लोप (भिरालो जमिन) बनाउनुपर्ने पन्तले बताए ।  अहिले गेट नम्बर १ र ९ मा सफाइ गर्दा गहिरो खनिएको छ र त्योसँग मिल्ने गरी अर्को खन्नुपर्नेछ । त्यहाँका संरचना वर्षापछि १०/१६ मिटर पुरिएकामा अहिले हटाउने काम सुरु गर्न लागिएको छ । अहिले तह मिलाउने काम भइरहेको छ ।

आयोजना निर्माणकै  क्रममा कतिपय संरचनामा अहिले क्षति पुगेकाले अस्थायी रुपमा चलाउने योजना बनाइएको छ । गेट नम्बर १ र ९ मा पहिले विद्युतीय प्रविधिबाट चल्ने उपकरण राखिएको थियो ।

आयोजना मर्मतअघि बढाइएसँगै स्थानीयवासीले बाढीका कारण गत वर्ष खोला छेउमा थुप्रिएको ग्रेगान हटाउन माग गरेको पन्तले बताए । नदी नजिकै रहेका बस्तीका बासिन्दाले ग्रेगानका कारण गत वर्षको नियति दोहोरिन सक्ने आशङ्का गरेका छन् ।

बाढीले गत वर्ष आयोजनासँगैको बस्तीमा भौतिक र मानवीय क्षति पुर्याएको थियो । अहिले अस्थायीरुपमा ‘हेडवर्क’ मा काम गर्दा स्थानीयवासीलाई बेवास्ता गरेको धेरैको आशंका रहेकोे बताए । सरकारका सबै निकाय मिलेर स्थानीयवासीको माग सम्बोधन गर्दै काम अघि बढाउनुपर्ने माग छ ।

अस्थायी रुपमा पानी काठमाडौँ ल्याउनका लागि सुरुङभित्रको केही भागमा पानी निकाल्न बाँकी छ । अम्बाथान र ग्यालथुमबीचको खण्डमा पानी निकाल्न बाँकी रहेको पन्तले बताए । अम्बाथान अडिट सफा गरेर त्यहाँ रहेको गेट नम्बर १७ खोलिनेछ । त्यहाँभित्र रहेको ग्यास बाहिर आएमा परामर्शदाता र विज्ञ पुगेर निरीक्षण गर्नुपर्ने पन्तले बताए । उनका अनुसार सुन्दरीजलबाट सिन्धु र सिन्धुबाट ग्यालथुमसम्मको खण्डमा गेट खोलेर निरीक्षण गर्दा समस्या देखिएको छैन् । 

सडक र संरचना मर्मतको काम अहिले अस्थायी रुपमा मात्रै गरिएको हो । स्थायीरुपमा सडक खुलाउन र संरचना मर्मत गर्न बाँकी छ । अहिले खानेपानी मन्त्रालय र एसियाली विकास बैंक (एडिबी) ले आयोजनामा पुगेको क्षति अध्ययन गरिरहेको छ । साथै अन्य निकायले वातावरण र भौगर्विक अवस्थाका बारेमा अध्ययन गरिरहेको छ । अध्ययन पुरा भएपछि मात्र स्थायी संरचना निर्माणमा जान सकिन्छ ।

दुई दशकपहिले सुरु भएको आयोजना निर्माण अन्तिम चरणमा पुग्दा गतवर्ष असार १ गते आएको बाढीले क्षति पुर्याएको थियो ।  त्यसपछि वर्षाले आयोजनामा थप क्षति पुर्याएको थियो ।

रासस

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit