विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । प्रदेश नम्बर १ को ताप्लेजुङ जिल्लामा निर्माण हुन लागेको ७७.५ मेगावाटको घुन्सा खोला जलविद्युत आयोजनाको काम आगामी ४ वर्षभित्र सम्पन्न हुने भएको छ । जिल्लाको फक्ताङ्लुङ्ग गाउँपालिका भएर बग्ने घुन्सा खोलामा पहिचान भएको आयोजना रेमिट हाइड्रो पावर लिमिटेडले अघि बढाउन लागेको हो ।

आयोजनाको काम आगामी २०८३ जेठभित्र सम्पन्न गरि उत्पादीत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजनाबाट उत्पादन भएको विद्युत ३३ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको ढुंगेसाँघु सबस्टेसनमा जोडिनेछ । आयोजनाबाट वार्षिक सरदर ४५९ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । 

अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र दिन ३५ दिने सूचना जारी गरेको छ ।

विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन र आयोजनाको अध्ययन रिपोर्टका आधारमा प्रवर्द्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ ।

विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ । विभागले सूचना जारी भएको  मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय/सुझाव पठाउन सरोकारवाला समक्ष आग्रह गरेको छ ।

सरोकारवालाले राय/सुझाव विभाग वा प्रवर्द्धक कम्पनीको कार्यालयमा प्राप्त हुने गरी पठाउन सक्ने विभागले जनाएको छ । आयोजनाको बाँधस्थल, इन्टेक, थिग्राउने पोखरी र पहुच सडक फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर ५ र ६ मा रहने गरी डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार बाँध क्षेत्रबाट करिब ४ हजार ३ सय मिटर हेडरेस सुरुङमार्फत पानीलाई फक्ताङलुङ गाउँपालिकाकै वडा नम्बर ६ मा निर्माण हुने भुमिगत विद्युतगृहमा खसालिने छ ।

विद्युतगृहमा  ३ वटा टर्वाइन जडान हुनेछन् । टर्वाइनमा जडान भएको ३ वटा जेनेरेटर गुमाएर विद्युत उत्पादन हुने गरी प्रस्ताव गरिएको कम्पनीले जनाएको छ । हेडरेस सुरुङ, सर्ज ट्याङ, पेनस्टक पाइप र टेलरेस सुरुङ पनि  त्यही गाउँपालिकाको वडा नम्बर ६ मा रहनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit