विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत् उत्पादन कम्पनीले निर्माण गर्न लागेको ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन स्वीकृतिको प्रक्रिया अघि बढेको छ । कम्पनीले अध्ययन गरेको आयोजना इआइए स्वीकृतीका लागि वन तथा वातावरण मन्त्रालय पठाएको छ ।

मन्त्रालयले स्वीकृति दिनुअघि सार्वजनिक सूचना निकालेर आयोजना निर्माण र सञ्चालन गर्दा कुनै प्रतिकुल असर पर्ने भए आगामी सात दिनभित्र राय/सुझाव पेस गर्न आग्रह गरेको छ ।

कम्पनीका अनुसार प्रतिवेदन तयारी गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, साँस्कृतिक र आर्थिक प्रणालीमा के कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न सो क्षेत्रको नगरपालिका, गाउँपालिका, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा  सरोकारवाला व्यक्ति वा संस्थासँग लिखित राय/सुझाव माग गरिएको छ ।

प्रस्तावित आयोजना कालिकोटको पचाँल झरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र खाडाचक्र नगरपालिका भएर बग्ने कर्णालीमा नदीमा निर्माण हुनेछ । आंशिक जलाशय आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको काम भइसकेको छ ।

कम्पनीले अध्ययन गरिरहेको आयोजना भारतीय कम्पनी एनएचपीसी लिमिटेडको लगानीमा निर्माण हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहालको गत जेठ १७ देखि २० गतेसम्मकाे भारत भ्रमणका क्रममा यो आयोजना निर्माण सम्बन्धी द्विपक्षीय सम्झौता भएको हो ।

यो आयोजना निर्माण गर्नका लागि एक नयाँ कम्पनी स्थापना हुनेछ । जसमा भारतीय कम्पनी एनएचपीसीको ५१ प्रतिशत र विद्युत् उत्पादन कम्पनीकाे ४९ प्रतिशत सेयर रहनेछ ।

आयोजना निर्माणका लागि करिब ६१ अर्ब ८६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजना निर्माण थालेको ५ वर्षमा उत्पादन थाल्ने कम्पनीको लक्ष्य छ । यो जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुली भारत निर्यात हुनेछ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले निर्माण गर्न लागेको ४०० केभी प्रसारणलाइनमार्फत भारत निर्यात हुनेछ ।

यो आयोजनाले हिउँदमा ७४४.७९ गिगावाट घन्टा र बर्खायाममा १७०३.८ गिगावाट घन्टा गरी वार्षिक सरदर २४४७.८८ गिगावाट घन्टा विद्युत् उत्पादन गर्न सक्ने अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit