विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १४, आईतबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण प्रभावित त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडद्वारा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ 'बी' जलविद्युत् आयोजनामा फसेका तथा हराइरहेका कर्मचारी तथा कामदारको उद्धारका लागि भोलिदेखि काम थालिने भएको छ ।

आज (भदौ १३ गते) रेकी गरिसकिएको र केही प्राविधिक कारणले काम सुरु गर्न नसकिएको हुँदा भोलिदेखि थालिने भएको हो । प्रवर्द्धक कम्पनीका अनुसार भदौ १३ गते कम्पनीका प्रतिनिधि र नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत घटनास्थलको स्थलगत अवलोकन सम्पन्न गरिएको छ ।

उत्खनन तथा उद्धारलाई थप प्रभावकारी बनाउन २५ जना नेपाली सेनाको टोलीसहित कम्पनीका कर्मचारी र आफन्तहरू परिचालन हुने अन्तिम तयारीमा रहेको जनाइएको छ । प्राविधिक कारणले भदौ १३ गते जान नसकिएको हुँदा १४ गते बिहानै उपकरण र आवश्यक सामग्रीसहित घटनास्थलमा प्रस्थान गर्ने पनि कम्पनीले जानकारी दिएको छ ।

नुवाकोटको किस्पाङ गाउँपालिका-५, सिरुपानीस्थित आयोजनास्थल तिब्बतबाट आएको बाढीका कारण क्षतिग्रस्त बनेपछि कम्पनीले सरोकारवाला निकायसँगको समन्वयमा राहत र उद्धारलाई निरन्तरता दिइरहेको बताएको छ । बाढीपछि सम्पर्कविहीन भएकामध्ये कम्पनीका ३ जना, परामर्शदाता चेस्कोका १ जना, चिनियाँ ठेकेदार कम्पनी एचएनएसी-झाङहेका २ जना र निर्माणकर्ताका ८५ जना कामदार गरी कुल ९१ जना सम्पर्कमा आइसकेका छन् । सम्पर्कमा आएका र उद्धार आवश्यक परेका सबै ९१ जनालाई सुरक्षित राखिएको आयोजनाले जनाएको छ ।

घटनालगत्तै उद्धार र खोजीलाई तीव्रता दिन कम्पनीको व्यवस्थापन टोली आफैँ नुवाकोट पुगेर निरन्तर खटिरहेको छ । भदौ ११ गते बिहान हेलिकप्टरमार्फत कम्पनीका कर्मचारी घटनास्थल पुग्दा कार्यालय र निर्माणस्थल पूर्णतः बगरमा परिणत भएको पाइएपछि भारी उपकरण लगेर उत्खनन गर्न उच्च प्राथमिकताका साथ काम अघि बढाइएको थियो ।

बाढीका कारण कम्पनीमा कार्यरत कर्मचारी र तिनका परिवार गरी २८ जना, सिभिलतर्फको निर्माण व्यवसायी फेवा कन्स्ट्रक्सनका १५१ जना, इलेक्ट्रो मेकानिकलतर्फका ६ जना, परामर्शदाता चिलिमे इन्जिनियरिङका १२ जना, १ जना सुरक्षाकर्मी र ३ जना इन्टर्न विद्यार्थी गरी कुल २१३ जना अझै सम्पर्कमा नरहेकाले तीव्र खोजी भइरहेको छ ।

घटना हुनासाथ सबै निकायमा मौखिक जानकारी गराएर उद्धारको पहिचान गरिएको थियो भने गृह मन्त्रालय, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा, नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमसँग निरन्तर पत्राचार र समन्वय गरी उद्धार संयन्त्रलाई सक्रिय बनाइएको छ । आयोजना स्थलमा सञ्चार र पहुँच सहज बनाएर बाँकी व्यक्तिको शीघ्र उद्धार गर्न कम्पनी र सुरक्षा निकाय अहोरात्र खटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३