विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । साताभर आएको भारी वर्षासँगैको भीषण बाढीले सञ्चालनमा रहेका निजी क्षेत्रका दर्जन बढी जलविद्युत आयोजनाको उत्पादन बन्द हुँदा कुलेखानी जलाशय २४ घन्टा चलेको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतको माग र आपूर्ति व्यवस्थापन मिलाउन कुलेखानी जलाशय दिन रात चलाइरहेको हो ।

अहिले बाढीले पुर्याएको क्षतिका कारण निजी क्षेत्रका १५ भन्दा बढी जलविद्युतगृहको उत्पादन बन्द छ । बाढीले पुर्याएको क्षतिका कारण आन्तरिक उत्पादन घटेपछि जलाशयको पानी नियमितरूपमा उपयोग भइरहेको कुलेखानी–१ जलविद्युत केन्द्रका इलेक्ट्रिकल इन्चार्ज सुभास प्रसाईंले बताए । 

बाढीका कारण कालीगण्डकी ‘ए’, मर्स्याङ्दी, मध्यमर्स्याङ्दी लगायत प्राधिकरणकै जलविद्युतगृहको उत्पादन केही दिन बन्द भएकाले पनि कुलेखानी दिन रात चलाउनु पर्ने अवस्था आएको हो । अहिले कुलेखानी–१, कुलेखानी–२ र कुलेखानी–३ पूर्ण क्षमतामा चलेका छन् ।

‘एक सातादेखि कुलेखानी जलाशय दिन रात चलिरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘यसैबाट आन्तरिक माग व्यवस्थापन गरिएको छ ।’ उनले कुलेखानी जलाशयमा पानीको सतह अहिलेसम्म खासै नबढेको बताए ।

आइतबार दिउँसो गरिएको मापन अनुसार जलाशयमा १५०५ मिटर पानी छ । देशभरमा साता भरी पानी परे पनि कुलेखानी क्षेत्रमा धेरै पानी नपरेकाले जलाशयकाे सतह बढ्न नसकेको उनले बताए ।

उनले आवश्यकता परेको अवस्थामा अझै १० मिटरसम्म पानी उपयोग गर्न सकिने जानकारी दिए । जलाशयमा जम्मा हुने र उपयोग हुने पानीको अनुपात समान रहेकाले नै १५०५ मिटरमा सिमित राखेर जलाशय दिन रात चलाउन सकिएको पनि उनले बताए ।

निजी क्षेत्रका जलविद्युतगृहको उत्पादन पुनः सुचारु नहुन्जेल कुलेखानी जलाशय दैनिकरूपमा चलाउनु पर्ने देखिएको छ । जलाशयको पानी उपयोग गरी ६० मेगावाटको कुलेखानी–१ र ३२ मेगावाटको कुलेखानी–२ र १४ मेगावाटके कुलेखानी तेस्रे गरी ३ जलविद्युत केन्द्रबाट १ सय ६ मेगावाट विद्युत उत्पादन गरिन्छ । देशको विद्युत माग र आपूर्तिको सन्तुलन मिलाउने कुलेखानी एकमात्र जलाशय आयोजना हो । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit