विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बुटवल पावर कम्पनी (बिपिसी) ले जलविद्युत क्षेत्रको विकासमा गरेको लगानी ७ अर्ब रुपैयाँ पुगेको छ । कम्पनीले साढे ५ दशकको अवधिमा निर्माण पूरा भएका तथा निर्माणाधीन जलविद्युत आयोजनामा यति लगानी गरेको हो ।

जलविद्युत क्षेत्रको विकासमा बिपिसीले गरेको यो लगानी स्वपुँजी मात्रै भएको कम्पनीका उपाध्यक्ष (वित्तीय) राधेश्याम श्रेष्ठले बताए । उनका अनुसार बिपिसीको ऊर्जा क्षेत्रसँग सम्बन्धित १३ कम्पनीमा सेयर स्वामित्व छ । 

बिपिसीले अहिलेसम्म सहायक तथा सम्बद्ध कम्पनीमार्फत ३ अर्ब ७९ करोड ७ लाख ५१ हजार २ सय २३ रुपैयाँ लगानी गरिसकेको छ । कम्पनीको स्वामित्वमा रहेको १२ मेगावाटको झिमरुक र ९.४ मेगावाटको आँधीखोलामा गरेको लगानी २ अर्ब रुपैयाँ बढीको छ । 

अहिलेसम्म बिपिसीको स्वामित्वमा रहेका ४ जलविद्युत केन्द्रले सञ्चालनमा छन् । यी जलविद्युत केन्द्रले उत्पादन गर्ने साढे २६ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । विदेशी लगानीमा निर्माण भएको देशकै पहिलो ६० मेगावाटको खिम्ती–१ मा पनि बिपिसीको लगानी छ ।

बिपिसीले खिम्तीबाट हरेक वर्ष लाभांश पाउने गरेको छ । खिम्तीको आधा स्वामित्व नेपाल विद्युत प्राधिकरणमा आएकाले यो वर्षदेखि खिम्तीबाट हुने आम्दानीको हिस्सा भने घट्ने देखिएको छ ।

श्रेष्ठले कम्पनीको नाममा बैंकको ऋण धेरै नभएको बताए । ‘हामीले पहिले बैंकबाट लिएको ऋणको ठूलो हिस्सा सबै चुक्ता गरिसकेका छौं’, उनले ऊर्जा खबरसँग भने, ‘अहिले ऋण धेरै छैन । भए पनि २० करोड भन्दा कम नै होला । सहायक कम्पनीले लिएको ऋण उसैले तिर्ने हुँदा हामीलाई यसको भार छैन ।’ 

यस्तै, सहायक कम्पनीमार्फत अन्य जलविद्युत आयोजनामा पनि लगानी गरेको छ । बिपिसीले लगानी गरेको ३७.६ मेगावाटको काबेली ‘ए’मा विविध कारणले काम ठप्प भए पनि ३० मेगावाटको न्यादी आयोजना निर्माणको अन्तिम चरणमा पुगिसकेको छ । यो आयोजना आगामी चैतभित्र प्रणालीमा जोडिँदैछ । न्यादीमा १ अर्ब ६० करोड रुपैयाँ लगानी भएको श्रेष्ठले बताए ।

उनले अब निर्माणमा जाने आयोजना अघि बढेपछि बिपिसीको लगानी अझै बढ्ने बताए । बिपिसीको लगानी रहने १ सय ३५ मेगावाटको मनाङ मर्स्याङ्दी आयोजना विद्युत खरिद सम्झौता (पिपिए) को चरणमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणसँग पिपिए गरेर चालू आर्थिक वर्षभित्र नै आयोजनाको निर्माण सुरु गर्ने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए ।

यस्तै, कम्पनीले १३९ मेगावाटको तल्लो मनाङ मर्स्याङ्दी, मुगु कर्णाली, चिनोखोला र मर्स्याङ्दी क्यासकेड आयोजनामा पनि लगानी गर्दैछ । बिपिसीले गत आर्थिक वर्ष (२०७६/७७) मा ५३ करोड ६७ लाख ८६ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । ३ अर्ब १९ करोड ४३ लाख ५२ हजार रुपैयाँ आम्दानीबाट यति मुनाफा कमाएको हो  । कम्पनीको खुद सम्पत्ति ७ अर्ब ४५ करोड २० लाख रुपैयाँ छ ।

बिपिसीकाे सेयर स्वामित्व रहेका कम्पनी

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit