विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । थ्रीस्टार हाइड्रो पावर लिमिटेडले सर्वसाधारणका लागि छुट्याउएको ६ लाख कित्ता सेयर निष्कासन गरेकाे छ । कम्पनीले मंगलबार (असार ५ गते) देखि ६ लाख १३ हजार १ सय ६२ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेकाे हाे ।

जारी पुजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशतश अर्थात ४ करोड ९२ लाख ५० हजार रकम बराबरको सय रुपैयाँ अंकित ४ लाख ९२ हजार ५ सय कित्ता सेयर प्रभावित स्थानीका लागि र ७३ हजार ८ सय ७५ कित्ता वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि बाँडफाँड गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ५ प्रतिशत हुनआउने अर्थात ३६ हजार ९ सय ३८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत हुन आउने अर्थात १४ हजार ७ सय ७५ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि बाँडफाँड गरी बाँकी रहेको ६ लाख १३ हजार १ सय ६२ कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएकाे छ ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् । सर्वसाधारणले छिटोमा असार ८ गते र ढिलोमा असार १९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि सेयर निष्कासन तथा बाडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

कम्पनीले खोटाङको हलेसीमा ६.६ मेगावाटको साप्सु खोला जलविद्युत आयोजना सञ्चालनमा गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit