विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवामा निर्माणाधीन १४.३ मेगावाटको माथिल्लो मैलुङ जलविद्युत आयोजनाको काम ५० प्रतिशत पूरा भएको छ । अप्पर मैलुङ खोला हाइड्रो पावर कम्पनीले २ वर्षअघिदेखि निर्माण सुरु गरेको आयोजनाको आधा काम सकिएको हो ।

आयोजनाको बाँध, सुरुङ र विद्युतगृहमा एकसाथ काम भइरहेको छ । बाँध क्षेत्रको निर्माण ३५ प्रतिशत हाराहारीमा सकिएको छ । मुख्य सुरुङ ४ स्थानबाट खन्ने काम भइरहेको आयोजना प्रबन्धक कांगडा प्रसाईंले बताए । ‘ आयोजनाको १.८ किलोमिटर लामो मुख्य सुरुङको निर्माण छ’, उनले ऊर्जा खबरसँग भने, ‘१ किलोमिटर जति पाइप लाइन राखिने छ ।’ 

उनले विद्युतगृहको संरचना निर्माणको काम पनि भइरहेको बताए । कोरोना (कोभिड–१९) महामारीको दोस्रो लहरको प्रभावले आयोजनाको निर्माण भने सुस्त बनेको छ । कामदार अभाव तथा निर्माण सामाग्री ढुवानीमा समस्याले आयोजनाको निर्माण सुस्त हुन पुगेको हो । केही दिनदेखिको लगातारको वर्षाले ठाउँ–ठाउँमा पहिरो खसेर सडक अवरुद्ध हुँदा निर्माण सामाग्री ढुवानी गर्न सकिएको छैन ।

स्थानीय अवरोध, कोरोना (कोभिड–१९) महामारी, बाढी पहिरोको असरलगायत कारणले निर्माण गति सुस्त हुँदा आयोजनाको विद्युत उत्पादन तालिका प्रभावित हुने देखिएको छ । ‘‘दशैंपछि मात्रै आयोजनाको निर्माणले गति लिन थालेको थियो । बैशाखदेखिको निशेधाज्ञा र अहिले बाढी पहिरोका कारण निर्धारित तालिकाअनुसार विद्युत उत्पादन गर्न सम्भव छैन । उत्पादन धकेलिन्छ’ उनले भने ।

अब आयोजनाको उत्पादन तालिका २०७८ चैतसम्म सर्न सक्ने उनले बताए । आयोजना निर्माण पूरा गर्न २ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । सानिमा हाइड्रो समूह अन्तर्गत निर्माण भइरहेको आयोजनामा सिद्वार्थ बैंकको अगुवाईमा नेपाल एसबीआई बैंकले १ अर्ब ८७ करोड ५० लाख रुपैयाँ ऋण लगानी गरेका छन् । आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी छ ।

आयोजना निर्माण पूरा भएपछि उत्पादन हुने विद्युत त्रिशूली थ्रिबी हब सबस्टेसनमा जोडिनेछ । विद्युतगृहदेखि सबस्टेसनसम्मको आवश्यक १५ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैले निर्माण सुरू गरेको छ ।

आयोजना पूरा भएपछि वार्षिक ७ करोड ९६ लाख ७० हजार ४ सय ८६ किलोवाट घण्टा विद्युत उत्पादन हुनेछ । सानिमा समूहले माथिल्लो मैलुङसहित ७३ मेगावाटको मध्यतमोर र २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजना पनि निर्माण गरिरहेको छ ।

यो समूहले यसअघि २.६ मेगावाटको सुनकोसी साना, २२ मेगावाटको सानिमा माई र ७ मेगावाटको माइ क्यासकेड आयोजनाको सफल निर्माण गरी सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit