विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भोजपुरमा निर्माण सम्पन्न ८ मेगावाटको टक्सार पिखुवा खोला जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । टक्सार पिखुवा हाइड्रो पावर कम्पनीले निर्माण गरेको आयोजना चैत १४ गतेबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

अहिले परीक्षण उत्पादन चलिरहेको आयोजनाका मेकानिकल इन्जिनियर रमेशरत्न स्थापितले बताए । ‘नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली आएर आयोजनाको विद्युत प्रसारण प्रणालीमा जोडिदियो,’ उनले ऊर्जा खबरसँग भने, ‘एक साता भयो परीक्षण उत्पादन चलिरहेको छ ।’

उनले आयोजनाबाट अबको एक सातामा व्यापारिक उत्पादन सुरु गरिने बताए । निर्माण सुरु भएको साढे २ वर्षमा आयोजना सम्पन्न भई विद्युत उत्पादन सुरु भएको हो ।

आयोजनाको विद्युत साढे ७ किलोमिटर दुरीमा रहेको पानीट्यांकी सबस्टेसनमा जोडिएको छ । सबस्टेसनसम्म आवश्वक प्रसारण लाइन कम्पनीले आफैं निर्माण गरेको छ ।

यो आयोजना सम्पन्न गर्न १ अर्ब ७२ करोड रुपैयाँ खर्च भएको छ । आयोजनामा सिटिजन्स (अगुवाई) र माछापुच्छ«े बैंकले ऋण लगानी गरेका छन् । आयोजनाको कूल लागतको ७० प्रतिशत बैंकको ऋण लगानी छ । ३० प्रतिशत स्वपुँजी लगानी छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit