विद्युत अपडेट

  • प्राधिकरण : ९८८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२७६० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५९०८ मे.वा.घन्टा
  • आयात : २५ मे.वा.घन्टा
  • निर्यात : १३९११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४९०८० मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : २२८६ मे.वा.
२०८० असोज १६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर अफ ट्र्याक अन्तरक्रिया ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल

काठमाडौं । जान्दा देवी नेपाल इनर्जीले (जेडिएनइ)ले नवीकरणीय ऊर्जा अन्तर्गत बायोमास पेलेट, पेलेट चुलो, रूफटप सोलार, ग्रिड कनेक्टेड सोलार, ग्राउन्ड माउन्टेड सोलार तथा हाइड्रो मेकानिकल उपकरण लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

हरित ऊर्जालाई प्रवर्द्धन गर्न र दिगो ऊर्जाको अभ्यास गर्न जेडिएनइले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) को ‘नेपाल नविकरणीय ऊर्जा कार्यक्रम (एनआरइपि)’ मार्फत आर्थिक सहयोग लिई मधेश प्रदेशमा लघु, साना तथा मझौला उद्यमहरूका लागि बायोमास पेलेट स्टोभको प्रवर्द्धन तथा बजारीकरण गरिरहेको प्रवर्द्धनकर्ता कदममणी नेपालले बताए ।

यस परियोजना अन्तर्गत जेडिएनइले मधेश प्रदेशमा बायोमास पेलेट चुलो, बायोमास पेलेट बर्नर, बायोमास कम्बो फ्राइर, बायोमास खुवा मेकरको परिचय र बिक्री वितरण गर्नेछ ।

बायोमास पेलेट स्टोभ र बर्नरहरूको प्रयोगले परम्परागत इन्धन (डिजेल, पेट्रोल, एलपीजी, कोइला) माथिको परनिर्भरता घटाउन ठुलो भूमिका खेल्ने छ । यी वैकल्पिक इन्धनका स्रोत उपयोग गरि लघु, साना तथा मझौला उद्यमीहरूले हाल खपत भइरहेको ग्यास भन्दा झन्डै ५० प्रतिशत कम मूल्यमा सोहि बराबरको ऊर्जा प्राप्त गर्न सक्नेछन् ।

विश्वमा विगत २० वर्षदेखि औद्योगिक रुपमा बायोमास ऊर्जा उत्पादन तथा उपयोग भइरहेको छ । नेपालमा भने भर्खरै मात्र सुरु भएको छ । औद्योगिक रुपमा बकस रिनुवेबल इनर्जीले सर्लाहीको इश्वरपुरमा वार्षिक ३० हजार मेट्रिक टन बायोमास पेलेट तथा ५ हजार मेट्रिक टन ब्रिकेट उत्पादन क्षमता भएको कारखाना स्थापना गरेको छ ।

बायोमास पेलेटबाट उपयोग हुने चुलो तथा बर्नर व्यवसाय तथा उद्यमीहरूबीच  परिचित गराउन जेडिइनइले महत्वपुर्ण भूमिका निर्वाह गरिरहेको छ । बायोमास पेलेट स्टोभ र बर्नरहरूको उपयोगबाट मधेश प्रदेशका उद्यमीहरूले आफ्नो कार्बन फुटप्रिन्टलाई उल्लेखनीय रूपमा कम गर्न तथा जलवायु परिवर्तनसँग लड्ने नेपालको प्रतिबद्धता पूरा गर्न योगदान पुर्याउनेछन् ।

पेलेट उत्पादनले ऊर्जामा आत्मनिर्भर हुने लक्ष्यलाई पूरा गर्न मदत पुर्याउँनुका साथै महँगो र प्रदूषित जीवाशेष इन्धन आयात घटाउछ । मधेशमा बायोमास पेलेट स्टोभको प्रयोगबाट नविकरणीय ऊर्जाका स्रोतहरू आत्मसात गर्ने, हरियाली र अधिक दिगो भविष्य निर्माण गर्ने कम्पनीको संकल्पको प्रमाण हो । यस परियोजनाले आगामी दिनमा वातावरण संरक्षण तथा ऊर्जामा आत्मनिर्भर हुन सहयोग गर्नेछ । यो कार्यक्रम मधेशसँगै अन्य प्रदेशमा पनि विस्तार गर्ने कम्पनीको लक्ष्य छ ।

बायोमास पेलेट र ब्रिकेट

वनको झाडी, काठको धुलो, दाउरा, उखुको छोक्रालगायत अन्य कृषिजन्य वस्तुहरूको उपयोग गरि बायोमास पेलेट तथा ब्रिकेटको उत्पादन गरिन्छ । बायोमास पेलेट गोलाकार ६ देखि १२ एमएम व्यास भएको बटकुला आकारको रुपमा उत्पादन हुन्छ भने बायोमास ब्रिकेट ७० देखि ९० एमएम व्यासको बेलानाकारको रुपमा बन्छ ।

पेलेटको आकार सानो हुने भएकाले सिधै कोइला तथा दाऊराको ठाउँमा उपयोग गर्न सकिन्छ । ग्यासको सट्टामा पेलेट चुलोको उपयोग गरि ग्याँसको क्षमता बराबर यसले घरेलु, होटेल रेस्टुरेन्टमा तथा मेसको लागि खान पकाउन प्रयोग हुन्छ । दूधजन्य खुवा बनाउन, नमकीन बनाउन उपयोग गर्न साथै, औद्योगिक क्षेत्रमा दुध डेरीको बॉयलर तताउन, कागज, चिया, साबुन, टाइल, फार्मा, कपडालगायत उद्योगको भट्टी तताउन यसको प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2023 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit