विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत रहेको सीजीएग्रोटेकले विश्वको फ्ल्यागसीपफ्रीजोन डीएमसीसी र दुबई प्राधिकरणसँग ‘कमोडिटी ट्रेड’कालागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । कृषि क्षेत्रमा दक्षिण एसियाका रास्ट्रहरूमा व्यापार बढाउन सम्झौता गरिएको हो ।

दक्षिण एसियाका राष्ट्रहरूसँग द्विपक्षीयव्यापार बढाउन मद्दत पुग्ने सीजीएग्रोटेकले जनाएको छ । सम्झौतापत्रमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरी र डीएमसीसीका चिफअपरेटिङ अफिसर फेरयाल अहमदीले सम्झौतापत्रमा हस्ताक्षर गरे।

यस सहकार्यले डीएमसी र सीजीएग्रोटेकबीच बलियो सम्बन्ध स्थापना गर्नुका साथै डीएमसीसीका सदस्य कम्पनीहरूका लागि व्यापार, लगानी र बजार पहुँच बढाउन समेत सहयोग पुग्ने कम्पनीले जनाएको छ । यसबाहेक, यस साझेदारीले ज्ञान र सूचनाको आदानप्रदानलाई बढावा दिनेछ भने विशेष गरी कफी, चिया र महको निर्यातमा रहेका अवसर तथा अफ्ठ्याराहरूको सम्बोधन गर्न मद्दत गर्नेछ ।

यस सम्झौताप्रति उत्साह व्यक्त गर्दै सीजीएग्रोटेकका प्रवन्ध निर्देशक चौधरीले डीएमसीसीसँगको साझेदारीले नेपाल–युएई बीच रहेको कृषिव्यापार सम्बन्ध अझ सुदृढ र बलियो हुने विश्वास व्यक्त गरे । 

‘डिएमसीसीसँग रहेको २३ हजार सदस्य कम्पनीहरूको व्यापक नेटवर्कको लाभ उठाउँदै र पारस्परिक रूपमा लाभदायक अवसरहरूको अन्वेषणले द्विपक्षीय व्यापारलाई अझ व्यापक बनाउनका लागि हाम्रो क्षमतामा महत्वपूर्ण प्रभाव पार्नेछ,’ चौधरीले भने । 

डीएमसीसीका चिफअपरेटिङ अफिसर फेरयाल अहमदीले हालका वर्षहरूमा दक्षिण एसियामा कृषि वस्तुको आयातमा उल्लेखनीय वृद्धि भएको छ र यो वृद्धिदर जारी रहने बताए । साथै, खाद्य सुरक्षामा आएको जागरुकताका कारण विश्वव्यापी रूपमा कृषि वस्तुहरूको माग अझ बढ्ने उनले बताए । ‘यो साझेदारीको माध्यमबाट डीएमसीसीलाई यी व्यापारिक अवसरहरूको मूल्यांकन गर्न मद्दत पुग्नेछ,’ उनले भने ।

सीजीएग्रोटेकको बारेमा

सीजीएग्रोटेक नेपालमा कृषिजन्य वस्तुको उत्पादन र विक्री वितरण गर्दै आएको एक अग्रणी संस्था हो । यस कम्पनीले चिया, कफी र मह लगायतउच्च गुणस्तरका जडिबुटी र उत्पादनहरूको निर्यात गर्दै आएको छ । हिमालयन जडिबुटीहरूको प्राकृतिक गुण जोगाउने र दिगो कृषि अभ्यासहरूलाई प्रवद्र्धन गर्ने कम्पनीको प्रतिबद्धताले सीजीएग्रोटेकलाई स्वस्थ प्रिमियम उत्पादनहरू प्रदान गर्ने कम्पनीको रुपमा स्थापित गरेको छ । सीजीएग्रोटेक र डीएमसीसी बीचको सहकार्यले यस क्षेत्रको कृषि व्यापारमा नयाँ आयाम ल्याउने र कृषि क्षेत्रको वृद्धिलाई सहज बनाउदै नेपाल र दक्षिणपूर्वी एसियाबीचको सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit