विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १०, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडाैँ । चीनकाे तिब्बतमा पर्ने ल्हेन्दे खोला हुँदै भोटेकोसी नदीमा बुधबार बिहान एक्कासी आएकाे भीषण बाढीले नेपाल र चीनमा ठूलो क्षति पुर्‍याएको छ । यसले भारतसम्म पनि सतर्कता बढाएको बढाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यसलाई नेपाल–चीन सीमापार भीषण प्राकृतिक विपत्‌का रूपमा प्राथमिकताका साथ समाचार सम्प्रेषण गरेका छन् । 

चिनियाँ सञ्चारमाध्यम

  • चाइना डेली : चीनतर्फको तिब्बतस्थित शिगात्सेअन्तर्गत जिलुङ काउन्टी र केरुङ नाकामा पहिरो तथा बाढीबाट ठूलो मानवीय क्षति र मानिसहरू बेपत्ता भएको जनाएको छ । चीनले ठूलो संख्यामा उद्धार टोली, मानवरहित हवाई यन्त्र र भारी उपकरण परिचालन गरेको उल्लेख गरिएको छ ।
  • पिपुल्स डेली/सिन्ह्वा समाचार संस्था : घटनापछि चिनियाँ राष्ट्रपति सी जिनपिङले बेपत्ताको खोजी, जोखिममा रहेका मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन् । रिपोर्टमा घटनाको सम्बन्ध नेपालतर्फबाट आएको पहिरो तथा गेग्रान बहावसँग जोडेर केरुङ नाकामा क्षति भएको बताइएको छ ।
  • द पेपर (पेंगपाइ न्युज) : केरुङ नाकामा भवन पुरिएको, सडक अवरुद्ध भएको र सशस्त्र प्रहरी तथा उद्धार टोली परिचालन गरिएको प्रत्यक्षस्थल केन्द्रित समाचार प्रकाशित गरेको छ ।
  • बेइजिङ न्युज (सिनजिङ बाओ) : नेपालतर्फबाट आएको पहिरो तथा बाढीले केरुङ नाकामा गम्भीर मानवीय क्षति पुर्‍याएको र मानिसहरू बेपत्ता भएको तथा सडक क्षतिग्रस्त हुँदा उद्धार कार्यमा कठिनाइ भएको जनाएको छ ।
  • चाइना नेसनल रेडियो : केरुङ क्षेत्रमा भवन पुरिएको र चिनियाँ सेना तथा सशस्त्र प्रहरी उद्धार कार्यमा खटिएको विवरण प्रकाशित गरेको छ ।

भारतीय सञ्चारमाध्यम

  • द इन्डियन एक्सप्रेस : भोटेकोसीमा आएको बाढी, मृतक तथा बेपत्ता र प्रारम्भिक बेपत्ता सूचीमा रहेका यात्रुमध्ये भारतीय नागरिकको विषयलाई प्रमुखताका साथ समाचार सम्प्रेषण गरेको छ ।
  • टाइम्स अफ इन्डिया : एक सयभन्दा बढी भारतीय नागरिक बेपत्ता भएको कोणबाट घटनालाई प्रमुखता दिएको छ र भारतसँग जोडिएको नागरिक सुरक्षाको विषयलाई अगाडि ल्याएको छ ।
  • इन्डिया टुडे : बाढीलाई तिब्बततर्फबाट आएको आकस्मिक जलप्रवाहका रूपमा वर्णन गर्दै जलविद्युत् आयोजना र नेपाल–चीन व्यापार मार्गमा पुगेको असरलाई मुख्य विषय बनाएको छ।
  • आज तक : रसुवा, टिमुरे र स्याफ्रुबेँसीमा भएको ठूलो क्षति, पुल तथा बस्ती बगाएको घटनालाई ‘नेपालमा बाढीको रौद्र रूप’ भन्दै दृश्यात्मक तथा विस्तृत रूपमा प्रस्तुत गरेको छ।
  • न्यु इन्डियन एक्सप्रेस : नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढी, उद्धार कार्य र त्रिशूली नदीका तटीय क्षेत्रमा अपनाइएको सतर्कतालाई प्रमुखताका साथ समाचार बनाएको छ ।

अन्य प्रमुख अन्तर्राष्ट्रिय सञ्चारमाध्यम

  • रोयटर्स : नेपाल–तिब्बत सीमामा आएको बाढीले गाउँ, सडक, पुल तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको र करिब ४३० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको उल्लेख गर्दै घटनालाई व्यापक रूपमा समाचार बनाएको छ।
  • एसोसिएटेड प्रेस (एपी) : सयौँ पर्यटक तथा यात्रु बेपत्ता भएको, उद्धार कार्य कठिन बनेको र हिमाली क्षेत्रमा बढ्दो जलवायुजन्य जोखिमको पृष्ठभूमिमा घटनालाई विश्लेषणात्मक रूपमा प्रस्तुत गरेको छ ।
  • अल जजिरा : गाउँ, सडक, पुल तथा ऊर्जा पूर्वाधार बगाएको र हेलिकोप्टरबाट समेत उद्धार कार्य गर्न कठिनाइ भएको समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३