विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २६, शुक्रबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । लमजुङ र गोरखाकाे दूधपोखरी र अजिरकोट गाँउपालिका अवस्थित चेपे खोलाको पानी प्रयोग गरी २ मेगावाटको चेपे खोला क्यासकेड जलविद्युत् आयोजना निर्माण गरिने भएको छ । आशुतोष इनर्जी लिमिटेडले आयोजना निर्माण गर्ने भएको छ । कम्पनीका अनुसार आयोजना अघि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट उक्त आयोजनाको प्रारम्भिक वातावरणीय प्रभाव परीक्षण (आईईई) स्वीकृत भइसकेको छ ।

२ मेगावाटको उक्त आयोजनाबाट वार्षिक करिब ११.८०४ गिगावाट घण्टा (१ कराेड १८ लाख ४ हजार युनिट) विद्युत् उत्पादन हुनेछ । कम्पनीका अनुसार आयोजनाका सम्पूर्ण संरचनाहरू चेपे खोलाको दायाँ किनारमा रहने छन् । आयोजनाबाट उत्पादित विद्युत् १.५ किलाेमिटर लामो प्रसारण लाइनमार्फत चेपे खोला साना जलविद्युत आयोजनाको स्वीचयार्ड हुँदै नेपाल विद्युत प्राधिकरणको कीर्तिपुर सवस्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जाेडिने कम्पनीले जनाएकाे छ ।

आयोजनाको बाँधस्थलभन्दा तल तथा विद्युत्गृहभन्दा माथिको खण्डमा पाइने जीवजन्तु, जलचर तथा बोटबिरुवाहरूका लागि आवश्यक पर्ने न्यूनतम पानी सरकारका सम्बन्धित निकायबाट स्वीकृतसहित प्रतिवेदनमा उल्लेख गरेबमोजिम तल्लो तटीय क्षेत्रमा छाेड्न कम्पनीले प्रस्ताव राखेको छ । आयोजनाबाट २०८२ कात्तिकसम्म विद्रयुत् उत्पादन गर्ने लक्ष्य राखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३