विद्युत अपडेट

  • प्राधिकरण : ५७१४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६३० मे.वा.घन्टा
  • निजी क्षेत्र : १८१६३ मे.वा.घन्टा
  • आयात : १००७३ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९६४० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०३५ मे.वा.
२०८२ फाल्गुण ३०, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुन्दर ट्रेडर्स प्रालिले फाइडाे कम्पनीको इलेक्ट्रिक स्कुटर नेपाली बजारमा भित्र्याएको छ । नेपालका लागि आधिकारिक बिक्रेता सुन्दर ट्रेडर्सले साेमबार (असाेज ४ गते) काठमाडौंमा एक कार्यक्रम गरी अर्चर लन्च मोडेलको इलेक्ट्रिक स्कुटर नेपाली बजारमा ल्याएको हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले इलेक्ट्रिक स्कुटरकाे उद्घाटन गरेका हुन्।घिसिङले कार्यक्रममा विद्युत खपत बढाउन प्राइभेट कार, बाइक भन्दा पनि इलेक्ट्रिक सवारीसाधनमा जान सकेमा खपत बढाउन सकिने र सवारिसाधन प्रयोग गर्ने यात्रुलाई पनि भाडा सस्तो पर्ने भएकाले अबका दिनमा इलेक्ट्रिक गाडीलाई उच्च प्राथामिकतामा राखेर अगाढी बढ्नु पर्ने बताए । 

नेपालमा उत्पादित विद्युत निर्यात गर्ने उदेश्यले नभई नेपालमानै विद्युत खपत गरी समृद्ध ऊर्जा नेपाल बनाउने उदेश्य रहेको पनि घिसिङले बताएका छन्।देशमा उत्पादन भइरहेको विद्युत खपत बढाउन सुन्दर ट्रेडर्सलले सार्वजनिक यातायातहरू सञ्चालन गरिरहेको छ । यातायात सञ्चालनसँगै यसका लागि ट्रेडर्सले देशका २५ ठाउँमा आधुनिक चार्जिङ स्टेशन निर्माण गर्ने तयारी गरिरहेकाे छ ।

कम्पनीका अध्यक्ष भेषबहादुर थापाका अनुसार केही जिल्लामा भने चार्जिङ स्टेसन निर्माण गरी सञ्चालनको अन्तिम चरणमा पुर्याएको बताए । थापाका अनुसार ट्रेडर्सले रुपन्देही जिल्लाको बुटवल महानगरपलिाकामा सुन्दर यातायात आधुनिक चार्जिङ स्टेसन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

यस्तै, सर्लाही जिल्लाको ढल्केबार आधुनिक चार्जिङ स्टेसन निर्माणको कार्य अघि बढाइएको छ । काठमाडौंको धुम्बाराई, सितापाइला र भक्तपुरको राधेराधेमा पनि सुन्दर यातायात आधुनिक चार्जिङ स्टेसन निर्माणको काम अगाढी बढाइएको थापाले जानकारी दिए। अन्य, चार्जिङ स्टेसनको निर्माणको काम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३