काठमाडौँ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले ५ प्रतिशत नगद लाभांश तथा बोनस सेयर वितरण गर्ने भएको छ । बुधबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँको ४.७५ प्रतिशतका दरले हुन आउने ५ करोड ९ लाख २ हजार ४२५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको हो । साथै यसको कर प्रयोजनका लागि कायम चुक्ता पुँजीको ०.२५ प्रतिशतले हुन आउने २६ लाख ७९ हजार ७५ रुपैयाँ नगद लाभांशसमेत वितरण गर्ने भएको छ ।
कम्पनीले आगामी २६ गते शुक्रबारका लागि डाकेको २२औँ साधारण सभाबाट उक्त निर्णय पारित भएपछि नगद लाभांश तथा बोनस सेयरको निर्णय कार्यान्वयनमा आउने कम्पनीले जनाएको छ ।
कम्पनीले सङ्खुवासभामा ४.५ मेगावाटको हेवाखोला जलविद्युत् केन्द्र सञ्चालन गरिरहेको छ ।