विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । प्रदेश नम्बर १ को विभिन्न जिल्लामा २४०० मेगावाटका विद्युत आयोजना निर्माणका विभिन्न चरणमा छन् । प्रदेशको १४ वटा जिल्लामा अध्ययन पूरा भएका आयोजना निर्माणको विभिन्न चरणमा छन् ।

विद्युत विकास विभागका अनुसार अध्ययन पूरा भई उत्पादन अनुमति पाएका २४८२ मेगावाटका आयोजनाले उत्पादन अनुमति लिई निर्माण अघि बढाएका छन् । प्रदेशको इलाम, झापा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, भोजपुर, धनकुटा, खोटाङ, मोरङ, ओखलढुङ्गा, सुनसरी र उदयपुर जिल्लामा पहिचान भएका आयोजनाले उत्पादन अनुमति लिई निर्माणका विभिन्न चरणमा छन् ।

उत्पादन अनुमति पाएका यी आयोजनाहरू ९०० मेगावाट क्षमतासम्मका छन् । विभागका अनुसार सबैभन्दा ठुलो ९०० मेगावाटका अरुण–३ जलविद्युत आयोजना रहेको छ । यो आयोजना सतलुज जलविद्युत निगम लिमिटेडले अध्ययन सम्पन्न गरी २०७५ बैशाख २० गते उत्पादन अनुमति पाएको थियो ।

यस्तै, १०० मेगावाटदेखि ५०० मेगावाट क्षमता सम्मका ४१३ मेगावाटका आयोजनाले उत्पादन अनुमति पाएको विभागको तथ्याङ्कमा उल्लेख छ ।  २५ मेगावाटदेखि १०० मेगावाट सम्मका ७८७ मेगावाटका आयोजना, ५ मेगावाटदेखि २५ मेगावाट सम्मका ३७० मेगावाटका आयोजना र ५ मेगावाट भन्दा कम क्षमताका १२ मेगावाटका आयोजनाले उत्पादन अनुमति पाएको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit