विद्युत अपडेट

  • प्राधिकरण : ५७१४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६३० मे.वा.घन्टा
  • निजी क्षेत्र : १८१६३ मे.वा.घन्टा
  • आयात : १००७३ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९६४० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०३५ मे.वा.
२०८२ फाल्गुण ३०, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सांग्रिला विकास बैंकले आफ्नो बालुवाटारस्थित केन्द्रीय कार्यालयमा डिजिटल लिड डिस्प्ले जडान गरेको छ । बैंकले ग्राहकसँगको सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्यले डिजिटल डिस्प्ले जडान गरेको हो ।

अहिले प्रवाह भइरहेका तथा भविष्यमा सुरु हुने नयाँ सेवाकाबारेमा जानकारी गराउने एवं डिजिटल बैंकिङ्गलाई प्रवद्र्धन गर्ने उद्देश्यले डिजिटल लिड डिस्प्ले कार्यालयमा राखिएको बैंकले जनाएको छ । बैंकका अनुसार उक्त डिस्प्ले बोर्डले बाटोमा हिँड्ने सर्वसाधारणले समेत डिस्प्लेमा आउने विभिन्न योजना, वित्तीय साक्षरता तथा सामाजिक उत्तरदायित्व सम्वन्धी जनचेतनामुलक सन्देश हेर्न सक्नेछन् ।

यस किसिमको प्रविधिको जडानले डिजिटल बैंकिङ्गलाई थप टेवा पुग्ने बैंकको विश्वास छ । बैंकको केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौंमा यस किसिमको डिजिटल लिड डिस्प्ले जडान गर्ने कार्यको शुरुवात गरी सर्वसाधारणलाई बैंकको विभिन्न प्रोडक्ट, सूचना, वित्तीय जनचेतना सम्बन्धी जानकारी तथा अन्य जानकारीहरु दिन थालिएको बैंकले जनाएको छ ।

यस बैंकले हाल ९५ वटा शाखा कार्यालयहरु तथा ३१ स्थानमा एटीएममार्फत ३ लाख  ग्राहकलाई स्तरीय बैंकिङ्ग सेवा दिंदै आइरहेको छ । हालको कोरोना भाइरसको संक्रमणको अवस्थालाई मध्यनजर गर्दै  डिजिटल प्रविधिको स्तरोन्नति गर्दै अब्बल सेवा प्रदान गर्ने बैंकको प्रतिबद्धता छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३