विद्युत अपडेट

  • प्राधिकरण : ८४७२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३५६१ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६२७९ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २२४३६ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६८३१२ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९६१ मे.वा.
२०८३ कार्तिक ११, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । जलविद्युत आयाेजना निर्माण सम्पन्न तथा निर्माण गरिरहेका १२ जलविद्युत कम्पनीहरूले साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन् । कम्पनीहरूले जलविद्युत आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्ने तयारी गरेका हुन् ।

यी कम्पनीहरूले २ अर्ब ३९ कराेड ९६ लाख ३५ हजार ७ सय रूपैयाँ बराबरकाे २ करोड ३९ लाख ९६ हजार ३ सय ५७ कित्ता सेयर निष्कासन गर्न लागेको बोर्डले जनाएको छ । बाेर्डका अनुसार सेयर निष्कासन अनुमतिका लागि २०७८ मा दुई र २०७९ मा १० कम्पनीले आवेदन दिएका छन् ।

आवेदन दिएक कम्पनीमध्ये सबैभन्दा बढी मोदी इनर्जि लिमिटेडकाे रहेकाे छ । याे कम्पनीले सय रुपैयाँ अंकित ७२ करोड ५० लाख रूपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न कम्पनीले बोर्डमा आवेदन दिएको छ । कम्पनीले २०७९ भदौ ३१ गते आवेदन दिएको हो । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

यस्तै, सबैभन्दा कम कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेड रहेको छ । २ लाख ४३ हजार ७ सय ३५ कित्ता सेयर निष्कासन गर्न लागेको यस कम्पनीले २०७८ साउन ३२ गते आवेदन दिएको थियो । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एन एम बी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्ध नियुक्त गरिएको छ ।

सेयर निष्कासन अनुमतिका लागि आवेदन दिने कम्पनीहरू

क्रस कम्पनीकाे नाम सेयर (कित्ता) रकम बिक्री प्रबन्धक मिति
१ मिड साेलु हाइड्रो लिमिटेड १४ लाख ९६ हजार ८०० १४ कराेड ९६ लाख ८० हजार एनआईसी एसिया क्यापिटल लि २०७९/१०/११
२ मनकामना इन्जिनियरीङ हाइड्रो पावर लिमिटेड २८ लाख २८ कराेड बिओके क्यािपटल मार्केट लि. २०७९/१०/१६
३ माथिल्लाे मैलुङ खाेला जलविद्युत लि २५ लाख २५ कराेड सानिमा क्यापिटल लि २०७९/११/०३
४ चिर्खुवा हाइड्रो पावर लि. १२  लाख १२ कराेड आरबीबी मर्चेन्ट बैकिङ लि. २०७९/९/२५
५ भगवती हाइड्रो पावर डेभलपमेन्ट (११६ प्रतिकित्ता) १४ लाख ३० हजार १६२ १४ कराेड ५८ लाख ९८ हजार ७९२ सिद्धार्थ क्यापिटल लि २०७९/८/२०
६ मान्डु हाइड्रो पावर लि (प्रतिकित्ता २४८) १६ लाख ३६ हजार ३६० ४० कराेड ५८ लाख १९ हजार ७६० प्रभु क्यापिटल लि २०७९/९/११
७ अप्पर स्याङ्गे हाइड्रो पावर लि ८ लाख ७० हजार ८ कराेड ७० लाख सिद्धार्थ क्यापिटल २०७९/३/३१
८ थ्रि स्टार हाइड्रो पावर लि १२ लाख ३१ हजार २५० १२ कराेड ३१ लाख २५ हजार  हिमालयन क्यापिटल लि २०७८/४/१७
९ रावा इनर्जी डेभलपमेन्ट लि ८ लाख ४० हजार ८ कराेढ ४० लाख प्रभु क्यापिटल २०७९/३/१३
१० माेदी इनर्जी लि ७२ लाख ५० हजार ७२ कराेड ५० लाख सनराइज क्यापिटल लि २०७९/५/३१
११ कुथेली बुखरी स्मल हाइड्रो पावर लि २ लाख ४३ हजार ७३५ २ कराेड ४३ लाख ७३ हजार ५०० एनएमबी क्यापिटल लि २०७८/४/३२
१२ अप्पर लाेहरे हाइड्रो पावर कम्पनी लि २४ लाख ९८ हजार ४० २४ कराेड ९८ लाख ४ हजार एनआईसी एसिया क्यापिटल लि २०७९/६/१३

स्राेत ः नेपाल धिताेपत्र बाेर्ड

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३