विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ७३ मेगावाटको मध्यतमोर जलविद्युत् आयोजनाकाे निर्माणपछि हाल संरचनाहरूको परीक्षण कार्य चलिरहेकाे छ । सानिमा हाइड्रो समूहको सहायक सानिमा मिडिल तमोर हाइड्रो पावर लिमिटेडले ताप्लेजुङकाे फक्तालुङ तथा मिक्वाखोला गाउँपालिका र फुङलिङ नगरपालिकामा निर्माण गरेकाे आयोजनाकाे संरचनाहरू पालैपालो परीक्षण भइरहेका छन् । 

आयोजनाको सिभिल निर्माणको काम सम्पन्न गरी फागुनदेखि नै बाँध, इन्टेक, गेट, डिस्याण्डर, सुरुङ, विद्युत्‌गृतह लगायतका संरचनाको परीक्षण भइरहेको आयोजना प्रशासन तथा वातावरण प्रमुख अरबिन्द श्रेष्ठले बताए । ‘अर्ध–भूमिगत संरचनाहरूको निर्माण पूरा गरी परीक्षण भइरहेको छ,’ उनले बिहीबार ऊर्जा खबरसँग भने, ‘आयोजनाको जलशाय, डिस्याण्डर तथा सुरुङमा पानी भरेर परीक्षण भइरहेको छ ।’

‘टवाईन घुमाएर परीक्षण थालिकसकेका छौँ, नेपाल विद्युत् प्राधिकरणका प्राविधिकसँग छलफल भइरहेको छ । चैत १२ गतेभित्र उत्पादित विद्युत् ग्रिडमा जोड्ने योजना भए पनि प्राधिकरणले आधिकारीक उत्पादन ‘डेट’ दिएको छैन’ उनले भने ।

आयोजनामा ३३६७ मिटर लामो सुरुङ र २६४ मिटर लामो पेनस्टक पाइप निर्माण गरिएको छ । आयोजनाबाट वार्षिक ४२९.४०९ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । सुख्खायाममा ६४.९० गिगावाट घण्टा र वर्षायाममा ३६४.२७ गिगावाट घण्टा विद्युत् उत्पादन हुने छ ।

आयोजना सम्पन्न गर्न करिब १३ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । सुरुमा १२ अर्ब ७० करोड रुपैयाँ लागत अनुमान गरिएको भए पनि कोरोना (कोभिड–१९) महामारी लगायत कारण आयोजनाको लागत बढेर १३ अर्ब पुग्ने अनुमान गरिएको हो । आयोजनामा नेपाल इन्भेष्टमेन्ट, कृषि विकास, लक्ष्मी (लक्ष्मी सनराइज) सिद्धार्थ लगायत ८ बैंकले ९ अर्ब ५० करोड रुपैयाँ लगानी गरेका छन् । बाँकी स्वपुँजी लगानी छ ।

आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत् २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको बसन्तपुर सबस्टेसनमा जोडिने छ । यसअघि ढुंगेसाँघु सबस्टेसनमा जोड्ने योजना भएपनि सबस्टेसनको क्षमता १३२ केभी मात्र भएकोले बसन्तपुर सबस्टेसनमा जोड्न लागिएको पनि श्रेष्ठले बताए ।

प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौता (पिपिए) अनुसार आयोजनाबाट २०७९ साउन १ गतेभित्रै बिजुली उत्पादन गर्ने तालिका थियो तर कोभिड–१९ लगायतका कारण उत्पादन तालिका एकवर्ष थप भएको थियो । फेरि, प्राधिकरणसँग भएको पिपिए संशोधनअनुसार उत्पादन तालिका सरेर २०८० असार ३१ गते पुगेको थियो ।

आयोजनामा मुख्य सिभिल संरचना निर्माणकाे काम चच्याङ फस्ट हाइड्रो तथा पावर कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड, इलेक्ट्रो मेकानिकल सिडब्लूटीडब्लु, हाइड्रो मेकानिकल माछापुच्छ्रे मेटल तथा मेसिनरी वर्क प्रालि र प्रसारण लाइनको काम कस्मिक इलेक्ट्रिकल लिमिटेडले गरिरहेको छ । यस्तै, आयोजनाको डिजाइन तथा सुपरिवेक्षणको काम परामर्शदाता कम्पनी सानिमा हाइड्राे एण्ड इन्जिनियरिङ प्रालिले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit