विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभामा निर्माणाधीन १४.९ मेगावाटको मायो खोला जलविद्युत आयोजनाको १८ सय ५४ मिटर मुख्य सुरुङ खनेर सकिएको छ । आयोजनाको २२ सय ४ मिटर लामो मुख्य सुरुङ पूरा हुने चरणमा आइपुगेको हो ।

अब मुख्य सुरुङ पूरा हुन ३ सय ५० मिटर मात्रै बाँकी रहेको आयोजनाका प्रमुख इन्जिनियर जितेन्द्र गुरुङले बताए । ‘हाम्रो आयोजनामा सबैभन्दा बढी काम सुरुङमा भएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘८० प्रतिशत बढी पूरा भइसकेको मुख्य सुरुङ बैशाखभित्र खनेर सक्ने गरी काम हुँदैछ ।’

उनले अहिलेसम्म आयोजनाको सबै संरचना निर्माणको काम ६० प्रतिशत पूरा भएको बताए । बाँध क्षेत्रका संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बाँध क्षेत्रमा संरचनामा गेट जडान कार्य सुरु हुन लागेको पनि उनले बताए ।

विद्युतगृहमा पनि धमाधम काम भइरहेको छ । विद्युतगृहमा जडान हुने इलेक्ट्रोमेकानिकल उपकरण आयोजना स्थलमा ल्याइसकिएको छ ।

विद्युतगृहको भौतिक संरचनाको काम थोरै बाँकी रहेकाले त्यो सम्पन्न गरेर जेठदेखि उपकरण जडान गर्न सुरु गरिने जानकारी गुरुङले दिए । विद्युतगृहमा अष्ट्रियन कम्पनी डब्लु डब्लु एसले उत्पादन गरेका इलेक्ट्रोमेकानिकल उपकरण जडान गरिने छ । 

आयोजनाबाट २०७८ असारदेखि विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ । असारभित्रै सम्भव नभए पनि साउनभित्र आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने उनले बताए ।

नेपाल विद्युत प्राधिकरणले २२० केभी कोशी कोरिडोरको तुम्लिङटार–इनरुवा खण्ड सम्पन्न गर्न लागेकाले साउनभित्र विद्युत उत्पादन गर्न आफुहरूको तर्फबाट सम्भव रहेको उनको भनाई छ । ‘पछिल्लो पटक प्राधिकरणले प्रसारण लाइन सम्पन्न हुन लागेको भनिरहेको छ । प्राधिकरणले प्रसारण लाइन सञ्चालनमा ल्यायो भने हाम्रो तर्फबाट ढिलो हुँदैन’ उनले भने ।

आयोजनाले उत्पादन गर्ने विद्युत कोसी कोरिडोरको बानेश्वर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्य साढे ३ किलोमिटर लामो प्रसारण लाइन आयोजनाको प्रवद्र्धक माया खोला हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको छ ।

यो आयोजना सम्पन्न गर्न २ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । माया खोला ‘सुपर सिक्स’ अन्तर्गत प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माण गर्न दिइएको आयोजना हो ।

यो आयोजना यसअघि नै केन्द्रीय प्रणालीमा जडान भइसक्नु पर्ने भए पनि कोसी कोरिडोर प्रसारण लाइन निर्माणमा भएको ढिलाईका कारण ढिलो गरी सुरु भएकाले अहिलेसम्म सम्पन्न हुन नसकेको हो । विद्युत खेर जाने अवस्था नआओस भनेर ढिलो गरी सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit