images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विगत तीन दिनदेखि रसुवाको दालफेदी गाउँबाट उत्तर तर्फको जंगलमा लागेको डढेलोका कारण रसुवामा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा क्षती पुगेको छ ।

जंगलमा लागेको डढेलो आयोजनाको सर्ज साफ्ट तर्फ सर्दै आएपछि पावर हाउसको एक हजार तीन सय मिटर थ्रीफेज तार पूर्ण रूपमा जलेको छ भने सर्ज साफ्ट, सर्ज टैंक तथा टेलरेस पाइपमा पनि क्षति पुगेको छ ।

आयोजनाको पावर हाउस क्षेत्रको आगो  डिजी स्काभेटरले माटो, पानी हालेर नियन्त्रमा लिइएको आयोजनाको प्रशासन प्रमुख टीका पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार उक्त क्षेत्रमा शुक्रबार बिहान ४ः३० बजे आगो नियन्त्रण भएपनि लट २ क्षेत्रको आगो नित्रन्त्रण भइ सकेको छैन । लट २ नजिकै ठेकेदार कम्पनी भोइथ हाइड्रोको हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल, टर्वाइन लगायत महत्त्वपूर्ण सामाग्रीहरु भण्डारण गरिएको छ, सो क्षेत्रमा आगो नियन्त्रण गर्न कठिन भइरहेको छ ।

आगो नियन्त्रणमा नेपाल प्रहरी, नेपाली सेना, आयोजनाका कर्मचारीहरु, ठेकेदार कम्पनीका कर्मचारीहरु र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको आयोजनाले जानकारी दिएकोछ ।

आगो नियन्त्रणमा आइ नसकेकाले क्षती कति भयो भन्नेबारे यकिन नभएको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit