विद्युत अपडेट

  • प्राधिकरण : ६६७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : ७०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : २१२४१ मे.वा.घन्टा
  • आयात : ६६१५ मे.वा.घन्टा
  • निर्यात : २२३५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४१६०८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०७१ मे.वा.
२०८३ ब‌ैशाख ८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले २६७ ग्राहकलाई कालोसूचीमा राखेको छ । ६ महिनासम्म पनि बक्यौता रकम नबुझाउने ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो ।

कालोसूचीमा परेका ग्राहकबाट ७३ लाख ३ हजार बक्यौता उठाउन बाँकी छ । कार्यालयका इञ्जिनीयर राजेन्द्र पौडेलका अनुसार घरायसी बिजुली उपभोग गर्ने २१४ ग्राहक कालोसूचीमा परेका छन् । यस्तै ३९ वटा उद्योग, ६ वटा संस्थागत, ३ वटा पानी उद्योगलाई पनि कालो सूचीमा राखिएको छ ।

लामो समयसम्म बक्यौता रकम नतिर्ने ग्राहकलाई कालोसूचीमा राख्ने र २ महिनासम्म महसुल नबुझाउने ग्राहकको लाइन काट्ने काम सुरु गरिएको उनले बताए । २ महिनासम्म विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्ने काम आइतबारदेखि सुरु गरिएकामा पहिलो दिन विद्युत् महसुल धेरै बाँकी रहेका १० ग्राहकको लाइन काटिएको छ ।

लाइन काटेसँगै कतिपयले रकम भुक्तानी गरिसकेका छन् । प्राधिकरणका कर्मचारीले विद्युत् मिटर बक्स रिडिङ गरेको २ महिनासम्म महसुल नबुझाउने ग्राहकको लाइन काट्न थालेको हो । इञ्जिनीयर पौडेलले थपे, ‘सुरुवातमा विद्युत् महसुल धेरै भएका ग्राहकको लाइन काटिनेछ । कम्तीमा १० हजारसम्म तिर्न बाँकी रहेका ग्राहकको लाइन काट्ने गरी काम अघि बढाएका छौँ ।’

२ महिना नाघेका ग्राहकबाट मात्रै ३५ करोड ४१ लाख ५३ हजार शुल्क उठ्न बाँकी रहेको उनले जानकारी दिए । २ वर्षभन्दा माथिको १० करोड ५६ लाख ४४ हजार बक्यौता रकम उठाउन बाँकी छ । कार्यालयले चालु आर्थिक वर्षसम्म ४३ करोड ५५ लाख ७८ हजार विद्युत् महसुल उठाउन बाँकी रहेको इञ्जिनीयर पौडेलले बताए ।

दुई महिनादेखि छ महिनासम्म महसुल नतिर्ने ग्राहकबाट ४ करोड ९८ लाख २० हजार, ६ महिनादेखि १२ महिनासम्मको महसुल नतिर्ने ग्राहकबाट २ करोड ८ लाख २८ हजार, १ वर्षदेखि २ वर्षसम्मको महसुल नबुझाउने ग्राहकबाट ३ करोड २९ लाख ५८ हजार उठ्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३