विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभाको मकालु गाउँपालिकामा निर्माण हुने ३७.७ मेगावाटको तल्लो इसुवा खोला क्यासकेड जलविद्युत आयोजनाको निर्माणले अहिले गति लिएको छ । गत वर्ष नै वित्तीय व्यवस्थापन गरेर निर्माणपूर्वको तयारी गरिरहेको आयोजनाको कामले तीव्रता लिएको छ ।

इसुवा इनर्जी प्रालिले प्रवद्र्धन गरेको आयोजनामा सिद्धार्थ बैंक लिमिटेड एक्लैले ८० प्रतिशत (३ अर्ब ४ करोड रुपैयाँ) लगानी गर्ने प्रतिबद्धता जनाएको छ । गत वर्ष भएको लगानी सम्बन्धी सम्झौतामा कम्पनीका अध्यक्ष विक्रम विष्ट र बैंकका कर्जा प्रमुख प्रशन्न खड्काले हस्ताक्षर गरेका थिए ।

निजी क्षेत्रले प्रवर्द्धन गरेको यति ठूलो आयोजना एक्लो बैंकले फाइनान्स (लगानी) गरेको सम्भवतः यो पहिलो हो । दैनिक ३/३ घन्टा (बिहान र बेलुका) पानी सञ्चित गरेर उच्च माग हुँदा सञ्चालन गर्न सकिने पिआरओआर (अर्धजलाशय) आयोजना हाल अनुमानित लागतलाई आधार मान्ने हो भने प्रतिमेगावाट १० करोड ८ लाख रुपैयाँ पूरा हुने देखिन्छ ।

आयोजनाका लागि आवश्यक २० प्रतिशत (७६ करोड रुपैयाँ) स्वपुँजी अध्यक्ष विष्ट र ९७.२ मेगावाटको प्रवर्द्धक केबिएनआर इसुवा पावर कम्पनीका अध्यक्ष वीरेन्द्रबहादुर न्यौपानेको लगानी रहेको छ । यो आयोजना इसुवाको क्यासकेडको रूपमा निर्माण भइरहेको छ । इसुवा खोलाकाे टेलरेसबाट निस्केकाे पानी ट्यापिङ गरी ९०० मिटर पेनस्टक पाइप मार्फत ल्याएर विद्युतगृहमा खसालिनेछ । इसुवाको पनि अहिले धमाधम निर्माण भइरहेको कम्पनीले जानकारी दिएको छ ।

२०७७ पुस २७ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गरेको आयोजनाबाट २०८० साल चैत ३० गतेभित्र विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । आयोजनाबाट वार्षिक करिब २३० गिगावाट घन्टा विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ ।

अर्धजलाशय आयोजना भए पनि यसको पिपिए नदी प्रवाही आयोजना सरह (हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँ) गरिएको छ । आयोजनाले ८ वर्षसम्म ३ प्रतिशतका दरले पिपिएमा स्कालेशन पाउनेछ । उत्पादित विद्युत अरुण र अप्सुवा खोलाको दोभानमा निर्माण हुने विद्युतगृहबाट २० किलोमिटर टाढा प्रस्तावित शीतलपाटी सबस्टेसनमा जोडिने गरी कनेक्सन एग्रिमेन्ट (प्रसारण सम्झौता) भएको छ ।

शीतलपाटी सबस्टेसन निर्माण गर्न प्राधिकरणले ठेक्का सम्झौता गरिसकेको जनाइएको छ । यस्तै, कम्पनीले निर्माण गर्नुपर्ने प्रसारण लाइनका लागि समेत सर्वेक्षण अनुमतिपत्र लिन विद्युत विकास विभागमा आवेदन दिइएको अध्यक्ष विष्टले जानकारी दिए ।

कम्पनीले करिब ६ महिना अगाडि नै वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत गराई आयोजनाको उत्पादन अनुमतिपत्र लिइसकेको छ । अहिलेसम्म करिब ५ किलोमिटर सडक निर्माण गरेको, आयोजनाको क्याम्प लगायत संरचना पूरा गरिसकेको जनाएको छ ।

आयोजनालाई निर्माण गतिविधिमा प्रेरित गर्न मन्त्रालय, विभाग, विद्युत प्राधिकरण, बैंक लगायत निकायका भरपूर सहयोग रहेको अध्यक्ष विष्टको भनाइ छ । सरोकारवाला निकायले विश्वास गरेका कारण तोकिएको लक्ष्य र लागतभित्रै आयोजना पूरा गर्न थप बल पुगेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit