विद्युत अपडेट

  • प्राधिकरण : ८५७८ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४१७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४४८४ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २२९५३ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६७३२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९६७ मे.वा.
२०८३ असोज २६, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका नजिक भएर बग्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक र भीषण बाढीले तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । लेदो र गेग्रानसहित आएको बाढीले नदी किनारका बस्ती तथा निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा ठूलो विनाश गरेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का उपाध्यक्ष तथा जलविद्युत् उद्यमी हिमप्रसाद पाठकले बाढीले ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण हुँदै गरेको क्याम्प पूर्णरूपमा बगाएको बताए । यसका साथै दोबान खोला र अन्य सहायक खोलाहरूमा आएको बाढीले सो क्षेत्रका विभिन्न पूर्वाधार तथा आयोजनाहरूमा समेत गम्भीर क्षति पुर्‍याएको छ ।

नदीको तीव्र बहावका कारण तटीय क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । प्रारम्भिक विवरण अनुसार बाढीले ३ देखि ४ वटा झोलुङ्गे पुल र एउटा महत्त्वपूर्ण बेली ब्रिज बगाएको छ । बाढीले नदी किनारका केही स्थानीय बस्ती तथा साना बजारहरूसमेत बगाएको बताइएको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार यस घटनालाई गत भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीसँग तुलना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३