images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उपत्यकाको ९७ हजार घरधुरीमा स्मार्ट विद्युत मिटर जडान गरेको छ । प्राधिकरणले ‘काठमाडौं स्मार्ट मिटर आयोजना’ अन्तर्गत महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका ग्राहकको घरमा स्मार्ट विद्युत मिटर जडान गरेको हो ।

पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रको ९७ हजार घरधुरीमा स्मार्ट मिटर जडान गरी सञ्चालनमा आइसकेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘दोस्रो चरणमा उपत्यकाको ६ लाख ग्राहकको घरमा पूर्व जडित मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी स्वचालित मिटरिङ पुर्वाधार प्रणालीमा एकिकृत वा आवद्ध गर्ने कार्य सुरु गर्ने तयारी भइरहेको छ’ उनले भने ।

साथै, प्राधिकरणले मुलुकभर स्मार्ट मिटर जडान गर्ने कार्यलाई प्रभावकारी रुपमा अघि बढाएको छ । स्मार्ट मिटर जडान भएका ग्राहकको घरमा प्राधिकरणले एसएमएसमार्फत खपत भएको विद्युतको बिल पठाउने गरेको छ । स्मार्ट मिटर जडानपछि ग्राहक र प्राधिकरणलाई नै फाइदा भएको बताए । स्मार्ट मिटर जडानपछि सो क्षेत्रमा मिटर रिडिङ गर्दा हुने प्राधिकरणको मासिक खर्च कटौती भएको छ ।

प्राधिकरणले सबै घरधुरीमा नियमित र भरपर्दो विद्युत सेवा पुर्याउन वितरण प्रणाली विस्तारको कार्यलाई उच्च प्राथमकितामा राखेको घिसिङले बताए । वितरण प्रणालीकोे स्तरोन्नति एवं सहरको सुन्दरता अभिवृद्धि हुने गरी काठमाडौं उपत्यकालगात पोखरा र भरतपुरमा वितरण प्रणालीलाई भमिगत गर्ने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit