विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दाेलखा । रामेछाप जिल्लाको जिरी र बैतेश्वर गाउँपालिकाको विद्युत आपूर्ति सुधार गर्नका लागि निर्माण गरिएको ३३/११ केभी जिरी सबस्टेसन चार्ज भएको छ । नेपाल विद्युत प्राधिकरणले सञ्चालित १३२/३३ केभी गर्जाङ सबस्टेसनदेखि जिरी सबस्टसनसम्मकाे लाइन र सबस्टेसन चार्ज गरेको हो ।

प्राधिकरणले निर्माण गरेको सबस्टेसन बुधबार (असाेज ३ गते) देखि चार्ज गरेको दोलखा वितरण केन्द्रका प्रमुख मेघनाथ ढकालले बताए । ‘लामो प्रयासपछि गर्जाङ सबस्टेसनबाट जिरीमा विद्युत ल्याउन सफल भएका छाैँ,’ उनले भने, ‘यसअघि लामोसाँघु र खिम्ती सबस्टेसनबाट जिरी सबस्टेसनमा लाइन चार्ज हुने गरेको थियो ।’

‘लामो प्रसारण लाइन, हावाहुरीका कारण समयमा मर्मत गर्न लामो समय लाग्ने हुँदा जिरी र बैतेश्वर क्षेत्रमा विद्युत समस्या हुँदै आएको थियो, गर्जाङबाट जिरी छोटो दुरी भएकाले अब सामान्य समस्या आउँदा पनि तुरुन्त मर्मत गर्न सकिने ढकालले बताए ।

जिरी नगरपालिका वडा नम्बर १ को सिमाना भएर बग्ने खिम्ती खोलामा ३ वटा जलविद्युत आयोजनाबाट २२ मेगावाट विद्युत उत्पादन हुँदै आएको छ । गाउँ नजिकै गर्जाङ-खिम्ती १३२ केभी क्षमताको सबस्टेसन समेत रहेको छ । विद्युत गृह र सबस्टेसनको नजिकैको गाउँमा विद्युत समस्या हुनु बत्तीमुनी अध्यारो भएको स्थानीयको गुनासो अन्त्य भएको उनले बताए । विद्युतको समस्या लामो समयदेखि जिरी नगरपालिका र बैतेश्वर गाउँपालिका क्षेत्रका उपभोक्ताले भोग्दै आएका थिए । 

जिरी सबस्टेसनबाटै जिरी नगरपालिका र बैतेश्वर गाउँपालिका क्षेत्रमा विद्युत वितरण हुँदै गरेकोमा अब बैतेश्वरको नाम्दुमा पनि ३३/११ केभीको सबस्टेसन अन्तिम चरणमा पुगेको छ । यो सबस्टेसनबाट बैतेश्वर गाउँपालिका र गौरीशंकर गाउँपालिकाको वडा नम्बर १ र २ मा विद्युत अझै भरपर्दो हुनेछ । वैतेश्वर सबस्टेसन चार्ज भएपछि दोलखा जिल्लाभरको विद्युत सेवा देशमै सबैभन्दा भरपर्दो हुने उनले दाबी गरे । 

दोलखामा लामोसाँघु, सिंगटी, खिम्ती र गर्जाङ सबस्टेसनबाट विद्युत जोडिएकाले एउटा लाइनमा समस्या आए पनि तुरुन्तै अर्को लाइनबाट चार्ज गर्न सकिन्छ । विद्युत उत्पादनको हबको रुपमा रहेको दोलखामा वितरण लाइन पनि भरपर्दो हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit