विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । आगामी फागुन र चैत महिनामा नेपाल विद्युत प्राधिकरणका ४२ कर्मचारीले सेवाबाट अनिवार्य अवकास पाउने भएका छन् । २ जना निर्देशक सहित यी कर्मचारीले अनिवार्य अवकास पाउने भएका छन् ।

उमेर हद तथा सेवा अवधि पुगेका र शैक्षिक प्रमाणपत्रका आधारमा १ देखि ११ तहसम्मका कर्मचारीले सेवाबाट अवकास पाउन लागेकाे प्राधिकरणले जनाएकाे छ । प्राधिकरणका अनुसार फागुनमा २४ जना र चैतमा १८ जना कर्मचारीले अवकास पाउँदै छन् ।

फागुन महिनामा सेवाबाट अनिवार्य अवकास पाउनेमा सामुदायिक ग्रामिण विद्युतीकरण विभागका निर्देशक अनिरुद्रप्रसाद यादव र संस्थागत योजना अनुगमन विभागका निर्देशक शालिग्राम आचार्य अवकास हुँदैछन् । उनीहरूले शैक्षिक प्रमाणपत्रका आधारमा अवकास पाउन लागेका हुन् ।आचार्यले फागुन १७ गते र यादवले फागुन २७ गते अवकास पाउने प्राधिकरणले जनाएको छ ।

यस्तै, ६ तहका मोहनप्रसाद उपाध्याय, मुकुन्दप्रसाद गौतम, कृष्णकुमार खड्का, विष्णुराज लोहनी, देवनारायण महतो र गजबहादुर शाहीले सेवाबाट अवकास पाउँदैछन् । ५ तहका वीर बहादुर चन्द, गोविन्द लाल कर्ण, अरुणा कर्माचार्य, गोकुल प्रसाद पौडेल शैक्षिक प्रमाणपत्रका आधारमा र घनश्याम खड्काले नागरिक प्रमाणपत्रका आधारमा अवकास पाउँदैछन् ।

४ तहका रघुनाथ ताम्राकार, कृष्णबहादुर शाह, राजु रानामगर, कृष्णबहादुर श्रेष्ठ र खिन्तबहादुर चिडिले पनि शैक्षिक प्रमाणपत्रका आधारमा अवकास पाउँदैछन् । ३ तहका हिरालाल लामा, वीरजन राउत, केशरबहादुर भुजेल तथा २ तहका नवराज गिरी,१ तहका सुर्दशन साह कानु र पूर्ण बहादुर बलामीले पनि फागुन महिनामा नै अवकास पाउँदैछन् ।

चैत २ गते आन्तरिक लेखा परिक्षण विभागमा कार्यारत ८ तहका सहायक निर्देशक कमला पौडेलले शैक्षिक प्रमाणपत्रका आधारमा अवकास पाउँदैछिन् । ७ तहका इन्जिनियर सत्यप्रसाद प्रजापति, ६ तहका विष्णुप्रसाद खकुरेल, बृहस्पती खड्का, रामविश्वासप्रसाद यादव, प्रेमबहादुर कार्की र शिवनारायण मण्डलले अवकास पाउँदैछन् ।

५ तहका सिता दाहाल भट्टराई, उमादेवि घिमिरे, ४ तहको जयन्द्रराज पाण्डे, बाबुराज भण्डारी, ३ तहका विनोद राउत कुर्मी, सन्तोष कुमार विष्ट, २ तहका मोतीलाल मगर, दुर्गा प्रसाद भण्डारी, योगेन्द्र फेवदिन, राम बहादुर थापा र १ तहका आले लामाले चैत्र महिनामा सेवाबाट अनिवार्य अवकास पाउँदैछन् । प्राधिकरणले अवकास हुने कर्मचारीको नामवली ६ महिनाअघि नै सार्वजनिक गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit