विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चितवनमा बक्यौता असुली कार्यको क्रममा लाइन काट्न खटिएका नेपाल विद्युत प्राधिकरणका कर्मचारीमाथि कुटपिट भएको छ । लामो समयसम्म वा बारम्बार ताकेता गर्दा पनि महसुल नबुझाउने ग्राहकको लाइन काट्न जादाँ प्राधिकरण रत्ननगर टांडी वितरण केन्द्रका कर्मचारीमा भौतिक आक्रमण भएको हो ।

केन्द्र अन्तर्गतको शक्तिखोरमा अवस्थित सिराईचुली काष्ठ फर्निचर उद्योगले लामो समयसम्म महसुल नबुझाएपछि लाइन काट्न जाँदा सञ्चालक राज श्रेष्ठले कर्मचारीमाथि हातपात गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार प्राधिकरणको प्रचलित विनियमावली अनुसार बाँकी बक्यौता रहेको कुनै पनि ग्राहकले ६० दिनसम्म महसुल भुक्तानी नगरेमा बिना सूचना लाइन काटिने व्यवस्था बमोजिम नै कर्मचारी लाइन काट्न गएका थिए ।

सञ्चालक श्रेष्ठले कर्मचारीमाथि हातपात गरी अश्लिल शब्द प्रयोग गरी ज्यान मार्ने धम्की दिँदै केही समय बन्दक समेत गरी कर्मचारीमाथि दुर्व्यवहार गरेको केन्द्रले जनाएको छ । कर्मचारीमाथि दुर्व्यवहार गर्ने श्रेष्ठको कारबाही नभए सार्वजनिक मुद्दा चलाउने पनि केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit