विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सडक पोलमा जडान भएका बत्तीहरूको विद्युतको महसुल भुक्तानी गर्न आग्रह गरेको छ । विद्युत महसुल बक्यौतामा ठूलो हिस्सा सडक बत्तीमा रहेकाले रकम भुक्तानी गर्न आग्रह गरेको हो ।

सडक बत्तीको महसुल भुक्तानी नहुँदा ठुलो नोक्सानी व्यहोर्नुपरेको भन्दै प्राधिकरणले महसुल बुझाउन आग्रह गरेको छ । महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका, गाउँपालिका र वडा कार्यालयहरूलाई सडक बत्ती जडान गरेवापतको रकम भुक्तानी गर्न प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणका अनुसार स्थानीय निकायले प्राधिकरणको सहमति नलिई आफुखुसी सडक बत्ती जडान गर्ने क्रम बढ्दो रहेको र सडक बत्तीको विद्युत शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत खपतको समेत महसुल भुक्तानी नहुँदा ठूलो नोक्सानी व्यहोर्नुपरेको छ ।

सडक बत्तीको बाँकी बक्यौता विद्युत महसुल शिघ्र भुक्तानी गर्नुपर्ने, प्राधिकरण अन्तर्गतको वितरण केन्द्रहरूको सहमति नलिई विद्युत लाइनबाट सडक बत्ती जडान नगर्न पनि अनुरोध गरेको छ ।

जडित सडक बत्तीको विद्युत खपत मापनका लागि आगामी ४५ दिनभित्र मिटर जडान गर्न आग्रह गरेको छ । सडक बत्तीका लागि सिङ्गल फेज इनर्जी मिटर प्राधिकरणले निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

एउटा सिङ्गल फेज इनर्जी मिटरबाट १०० वाटको ५० वटाभन्दा बढी सडक बत्तीको विद्युत खपत मापन गर्न सकिने हुँदा प्रत्येक सडक बत्तीलाई छुट्टाछुट्टै इनर्जी मिटर उपलब्ध नगराइने र मिटरको क्षमता तथा सडक बत्ती जडान गरेको क्षेत्रको आधारमा सम्बन्धित वितरण केन्द्रसँग समन्वय गरी स्थानीय निकायले छुट्टै केवल तानी सडक बत्तीका लागि मिटर जडान गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

साथै, तोकिएको समयमा सडक बत्तीमा मिटर जडान नगरेमा वा विद्युत महसुल बाँकी बक्यौता भुक्तानी नगरेमा प्रचलित नियमानुसार कारबाही गर्ने प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit