विद्युत अपडेट

  • प्राधिकरण : ९२६७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १८३९८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५८२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २३६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६१ मे.वा.
२०८३ साउन २९, शुक्रबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष
४१औँ वार्षिकोत्सवको सङ्‌घारमा प्राधिकरणका ट्रेड युनियनले राखे ११ बुँदे माग

काठमाडौँ । आफ्नो ४१औँ वार्षिकोत्सवको छेको पारेर नेपाल विद्युत्‌ प्राधिकरणमा क्रियाशील ५ ट्रेड युनियनहरूले ११ बुँदे माग अघि सार्दै कार्यकारी निर्देशकलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । यही साउन मसान्तभित्र आफ्ना मागहरू कार्यान्वयन हुनुपर्ने उनीहरूको माग छ ।

आफ्ना मागहरू पूरा नभए भदौ १ गते हुने प्राधिकरणको ४१औँ वार्षिकोत्सव केन्द्रीय कार्यालय प्राङ्गणमै गर्नुपर्ने पनि उनीहरूको चेतावनी छ । गलत मनसायका साथ संस्थालाई धराशायी बनाउने र खण्डीकरण गरी व्यापारी घरानालाई बुझाउने खेल भइरहेको आरोप लगाउँदै युनियनहरूले सोप्रति गम्भीर ध्यान आकृष्ट भएको जनाएका छन् ।

कार्यकारी निर्देशकलाई बुझाइएको ध्यानाकर्षण पत्रमा डेडिकेटेड, ट्रंकलाइन र सडकबत्तीको अर्बौँ रूपैयाँ बाँकी बक्यौता रकम तत्काल असुली गर्नुपर्ने, नेपाल सरकारको बजेट वक्तव्यमार्फत ग्राहक वर्गमा लगाइएको कर तत्काल खारेज गर्नुपर्ने लगायतका मागहरू राखिएका छन् ।

उक्त ध्यानाकर्षण पत्रमा ऊर्जाशील कर्मचारी संघका संयोजक इन्द्रप्रसाद न्यौपाने, कर्मचारी कल्याण परिषद्का अध्यक्ष श्रीप्रसाद आचार्य, कर्मचारी युनियनका का.वा. अध्यक्ष सनेश न्यौपाने, राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष शिवराज भट्टराई र कर्मचारी संघका अध्यक्ष टंकप्रसाद अधिकारीले संयुक्त हस्ताक्षर गरेका छन् । ध्यानाकर्षण पत्रको बोधार्थ श्रम तथा रोजगार कार्यालय, टेकुलाई समेत दिइएको छ ।

युनियनहरूले अघि सारेका ११ बुँदे मागहरू

१. नेपाल सरकारको बजेट वक्तव्यमार्फत ग्राहक वर्गलाई विद्युत्‌मा लगाइएको कर तत्काल खारेज गरियोस् ।

२. कर्तव्य पालनका सिलसिलामा जीवन बलिदान दिनुहुने अमर विद्युत्‌कर्मीका परिवारका एक सदस्यलाई विगतमा जस्तै रोजगारीको व्यवस्था गरियोस् ।

३. डेडीकेटेड, ट्रंकलाइन र सडकबत्तीका अर्बौँ बाँकी बक्यौता रकम तत्काल असुली गरियोस् ।

४. इनर्जी स्पिल नहुने गरी बजारको सुनिश्चितता भएपश्चात् मात्र प्रतिस्पर्धाका आधारमा थप पिपिए गरियोस् ।

५. गुणस्तरीय विद्युत्‌ प्रवाहको लागि अभावमा रहेका विद्युतीय सामाग्रीहरू (तार, पोल, ट्रान्सफर्मर, मिटर) तत्काल उपलब्ध गराइयोस् ।

६. ज्यालादारी कर्मचारीहरूको मासिक ज्यालादारीको नियुक्ति प्रक्रिया र सामाजिक सुरक्षा कोषमा समावेश गरियोस् ।

७. आवधिक जीवन बीमा ५२ महिना र वृद्धि भएको घरभाडा कार्यान्वयन गरियोस् ।

८. श्रम शोषणको चरम दुरुपयोग हुने ओभरटाइमको मापदण्ड तत्काल हटाइयोस् ।

९. ओ एन्ड एम समयसापेक्ष पुनरावलोकन गरी सहायकस्तर तह ४ सम्मको तत्काल विज्ञापन गरियोस् ।

१०. दक्ष जनशक्ति हुँदाहुँदै उपत्यका भित्रका केही वितरण केन्द्रहरूमा ठेक्काबाट सञ्चालित कार्य बन्द गरियोस् ।

११. वार्षिकोत्सव भत्ता कम्तीमा १ महिनाको तलब बराबर उपलब्ध गराइयोस् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३