images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले राजधानीमा मंगलबारदेखि सुरु हुने खुल्ला ब्याटमिन्टन प्रतियाेगितामा भाडाका खेलाडी पठाएकाे भन्दै कर्मचारीले बिराेध गरेका छन् । काठमाडौं ब्याटमिन्टन एकेडेमी (केबीडी) ले आयोजना गरेकाे प्रतियाेगितामा नेपाल प्रहरी र ससस्त्र प्रहरीका खेलाडीलाई प्राधिकरणको प्रतिनिधित्व गराएर खेल्न पठाउने निर्णय भएपछि नियम विपरित बाहिरका खेलाडी ल्याइएकाे भनी त्यसकाे विराेध भएकाे हाे ।

प्राधिकरणकाे प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका खेलाडी दिपक बोहोरा र सशस्त्र प्रहरीकी शोभा गौचनले प्रतियाेगितामा सहभागिता जनाउँदै छन् । प्राधिकरणकाे प्रतिनिधित्व हुने गरी पहिलाे पटक प्रतियाेगितामा भाडाका खेलाडी पठाएकाे थाहा पाएकाे प्राधिकरणका कर्मचारी एवं अन्तराष्ट्रिय ब्याटमिन्टन एम्पायर उदयकुमार अर्यालले बताए ।

उनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई झुक्याएर भाडाका खेलाडी पठाउने फाइल सदर गराइएकाे हुनसक्ने बताए । ‘प्रतियाेगितामा २ लाख रुपैयाँ प्रवेश शुल्क तिरेर नेपाल प्रहरी र ससस्त्रका खेलाडी पठाउने निर्णय भएकाे छ,’ उनले ऊर्जा खबरसँग भने, ‘म खेलाडी भएकाे ३७ वर्षमा पनि थाहा पाएकाे थिइन । नियम मिचेर बाहिरका खेलाडी पठाउने निर्णय कर्मचारीलाई स्वीकार्य छैन ।’

उनले खेडालीकाे वृद्धि विकासका लागि भनेर आयोजना गरिएकाे प्रतियाेगितामा भाडाका खेलाडी पठाउनु न्यायाेचित नभएकाे बताए । प्राधिकरणकाे प्रतिनिधित्व गरेर खेल्न जान लागेका दुवै खेलाडी सरकारको बैतनिक बहालवाला कर्मचारी भएकाे र उनीहरूले सरकारकै अर्को निकायबाट दोहोरो भत्ता लिएर खेल्न कानुनीरूपमा नमिल्ने उनकाे तर्क छ ।

प्राधिकरणका कर्मचारी भूमि अर्यालले भाडाका खेलाडी प्रतियाेगितामा पठाउनु गलत भएकाे बताए । लाेचन नेपालीले पनि प्राधिकरणमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी हुँदा हुँदै भाडाका खेलाडी पठाउँदा कर्मचारी खेलाडी अन्यायमा परेकाे बताए । उनले महंगाे प्रवेश शुल्क तिरेर भाडाका खेलाडी प्रतियाेगितामा पठाउनुभन्दा शारिरीकरूपमा अशक्त कर्मचारीलाई सहयाेग गर्दा उचित हुने सुझाव दिए ।

प्रतियोगिता मंगलबार (आज) देखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सुरु हुँदैछ । प्रतियोगितामा मुख्य प्रायोजक कुमारी बैंक, नेपाल राष्ट्र बैंक, नेपाल टेलिकम, कान्तिपुर पब्लिकेसन, नेपाल आयल निगम, आइएमई ग्रुप, सिल्क ग्रुप र प्राधिकरण रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit