विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २२० केभी खुर्कोट सबस्टेसन ‘नो लोड’ मा चार्ज गरेको छ । २२० केभी कालीगण्डकी कोरिडोर डबल सर्किट प्रसारण लाइन अन्तर्गत पर्वतको कुस्मा जनिकै निर्माण भएको सबस्टेसन बिहीबार रातिदेखि चार्ज गरिएको हो ।

कोरिडोरको ४० किलोमिटर लामो  दाना–कुस्मा प्रसारण लाइन सञ्चालनमा ल्याउनुअघि सबस्टेसन  नो लोडमा परीक्षण गरिएको आयोजना प्रमुख चन्दनकुमार घोषले बताए । उनका अनुसार सबस्टेसन मोदीतर्फबाट आएको १३२ केभी लाइनबाट राति १० बजे चार्ज गरिएको हो ।

‘रातिदेखि सबस्टेसन चार्ज भएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘ परीक्षणका लागि २४ घन्टासम्म चार्ज गरेर हेर्नुपर्छ ।’ सबस्टेसनमा जडान भएका ३३.३३ एमभिएका ३ वटा पावर ट्रान्सफर्मरको परीक्षण सफल भएको उनले बताए ।

उनले सबस्टेसनको परीक्षण सफल भएपछि अब २२० केभी प्रसारण लाइन चार्ज गरिने बताए । प्रसारण लाइनपछि दाना सबस्टेसन पनि ‘नो लोड’ मा चार्ज गरिने भएको छ । प्रसारण लाइन र सबस्टेसन अहिले परीक्षणकै क्रममा रहेकाले लोड दिएर चार्ज गर्न अझै केही समय लाग्ने घोषले बताए । 

२०७३ साल भदौबाट निर्माण सुरु भएको प्रसारण लाइनको यो खण्डमा १ सय १० वटा टावर निर्माण गरिएको छ । दाना र कुस्मामा २२०/१३२ केभी सबस्टेसन पनि निर्माण गरिएको छ । एशियाली विकास बैंक (एडिबी) को ऋण तथा सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा यो प्रसारण लाइन आयोजना निर्माण गरिएको हो ।

पहिलो खण्ड सञ्चालन भएपछि म्याग्दी जिल्लाका विभिन्न नदी खोलामा निर्माण भएका र हुने जलविद्युत आयोजनाको विद्युत कुस्मा (खुकोट) सम्म ल्याई १३२ केभी प्रसारण लाइनमार्फत पोखरा पुर्याइने छ । यो खण्ड सञ्चालन भएपछि यसअघि नै निर्माण सम्पन्न भई पूर्ण क्षमतामा चल्न नपाएका १३.६ मेगावाटको थापाखोला र ५ मेगावाटको घलेम्दी आयोजना जोडिने छन् ।

प्रसारण लाइन अभावमा थापा खोलाको ६.८ मेगावाट विद्युत मात्रै प्रणालीमा जोडिएको छ । बाँकी विद्युत खेर गइरहेको छ ।  अहिले थापाखोला ३३ केभी वैकल्पिक लाइनमा जोडिएको छ । निर्माण अन्तिम चरणमा पुगेको ४२ मेगावाटको मिस्ट्री खोलाको विद्युत पनि यही प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिँदै छ । 

प्रसारण लाइनको पहिलो खण्ड निर्माणमा म्याग्दी र पर्वतका प्रमुख जिल्ला अधिकारी, स्थानीय तह र स्थानीय जनताले पूर्ण सहयोग गरेको आयोजनाले जनाएको छ । आयोजनाले प्रसारण लाइनको रुट पर्ने क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत पूर्वाधार निर्माणको काम समेत गरेको छ ।

प्रसारण लाइनको कुस्मा–न्यू बुटवल खण्ड पनि निर्माणाधीन छ । ८७ किलोमिटर लामो प्रसारण लाइनको २ सय ३० वटा टावर मध्ये १ सय वटाको मात्रै काम बाँकी रहेको घोषले जानकारी दिए ।

यो खण्डमा केही स्थानमा जग्गाको मुआब्जा विवादले निर्माण प्रभावित हुन पुगेको छ । समस्या नभएका स्थानमा नियमित काम भइरहे पनि मुआब्वा विवाद भएका स्थानमा काम अघि बढ्न नसकेको आयोजनाले जनाएको छ ।

वन क्षेत्रको रुख कटान गर्ने स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा कागजात पेश गरिएको छ । प्रसारण लाइनको तेस्रो खण्ड (न्यू बुटवल–वर्दघाट) पनि निर्माणाधीन छ । यो खण्ड २० किलो मिटर लामो छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit